onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको खेल तालीका सार्बजनिक : नेपालले पहिलो खेल म्यानमार बिरुद्द खेल्ने

जेठ १२ , अनलाईन खेलखबर ।। एसियन क्रिकेट काउन्सिलले जुलाई महिनामा मलेसियामा हुन् गईरहेको एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको खेल तालीका सार्बजनिक सार्बजनिक गरेको छ ।

कुल ८ टिम सहभागिता रहने प्रतियोगितामा दुई समुहमा बिभाजन गरी खेल तालिका तयार गरीएको छ । जसअनुसार नेपाल समुह ‘ए’ मा रहेको छ । यो समुहमा नेपाल सहित चिन , म्यानमार र सिगापुर रहेको छ ।

भने समुह ” बि ” मा आयोजक मलेसिया सहित भुटान , हंङ्गकङ्ग र थाईल्याण्ड रहेको छ ।

नेपालले प्रतियोगिताको सुरुवात जुलाई २ तारिखमा म्यानमार बिरुद्द खेल्दै गर्नेछ । भने दोस्रो खेल नेपालको जुलाई ५ तारिखमा सिगापुर बिरुद्द रहने छ । भने समुहको अन्तिम खेलमा नेपालले ६ तारिखमा चीनको सामना गर्नेछ ।

समुह चरण पछि समुहका बिजेता र उप – बिजेता प्रतियोगिताको सेमिफाईनल प्रबेश गर्नेछन । सेमिफ़ाईल जुलाई ८ तारिखमा हुनेछ भने प्रतियोगिताको फाईनल ९ तारिखमा हुनेछ ।

डिफ़ेण्डिङ्ग च्याम्पियन समेत रहेको नेपाल यसपटक पनि प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्य सहित मलेसिया प्रस्थान गर्नेछ । तुलनात्मक रुपमा नेपाल अन्य टिम भन्दा धेरै माथि रहेको छ ।

यसअघि नेपाल यु -१९ ले अघिल्लो बैशाख महिनामा मलेसियामा नै बिश्वकप् एसिया छनोट प्रतियोगिता खेलेको थियो । जसबाट पहिलो स्थान हासिल गर्दै युएई अर्को बर्ष दक्षिण अफ्रिकामा हुने अन्डर नाईण्टिन विश्वकपको लागि छनोट भएको थियो । दुर्भाग्य पूर्ण नेपाल दोस्रो हुदै विश्वकपमा छनोट हुन् सकेको थिएन । नेपालले राम्रो प्रदशन गरेपनि युएई बिरुद्दको खेल पानीले प्रभावित गरेपछि नेपाल युएई सँग डिएल मेथडमार्फत १ रनले पराजित हुन् पुग्दा सोहि खेलनै अन्तत नेपाललाई विश्वकप बाट बन्चित गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्