onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

शुसन भारीको ह्याट्रिकमा आर्मीलाई लगातार दोस्रो जीत

जेठ १२ , अनलाईन खेलखबर || तेस्रो सस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रीकेट प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा बिभागिय टिम त्रिभुवन आर्मीले प्रदेश १ लाई १ सय १३ रनको ठुलो अन्तरले पराजित गरेको छ । जारी प्रतियोगितामा यो आर्मीको दोस्रो जित हो । यसअघि आर्मीले प्रदेश २ लाई १ सय ७१ रनले पराजित गरेको थियो ।

आज भएको खेलमा आर्मीले दिएको २ सय ५ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको प्रदेश १ ले निकै निराशाजनक प्रदशन गर्ने क्रममा २६.५ ओवरमा अलआउट हुदैं ९१ रनमा सिमित हुन् पुगेपछि आर्मीले सहज जित हासिल गरेको हो ।

प्रदेश १ का लागी राजन मगरले सर्बाधिक २६ तथा मुकुन्द यादबले १८ रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसकेपछि टिम पहिलो खेलमै ठुलो अन्तरले पराजित हुन् पुगेको हो ।

आर्मीको कसिलो बलिङ्ग सामु प्रदेश १ निरिह सावित हुदाँ आर्मीका सुशन भारीले ह्याटरिक् सहित ३ विकेट लिए । ५.५ ओवर बलिङ्ग गरेका उनले मात्र ५ रन खर्चिएर उक्त विकेट हात पारेका हुन् । यस्तै टिमका लागी करन केसीले २ तथा जितेन्द्र मुखिया , हरी बहादुर चौहान र शाहब आलमले समान १/१ विकेट हात पारेका थिए ।

त्यसअघि त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर आर्मीले पहिले ब्याटिंङ्ग गर्दै ४५.३ ओवरमा आफ्नो सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।

आर्मीका लागि राजेश पुलामी मगरले सर्बाधिक ५६ रन को योगदान गरे । ९३ बलको सामाना गरेका उनले ४ चौका समेत प्रहार गरेका थिए । यस्तै टिमका लागि हरि बहादुर चौहानले ४१ तथा करन केसीले २६ रन बनाए ।

भने टिमका कप्तान बिनोद भण्डारीले ३० तथा कुशल मल्लले १६ रन जोडेका थिए ।

बलिङ्गमा प्रदेश १ का लागी दिपेश कडेलले ३ तथा मुकुन्द यादब , सिद्दान्त लोहनी , फिर्दोस अन्सारी र पुष्प थापाले समान १/१ विकेट हात पार्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्