onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

शिखर धवन को उत्कृष्ट ब्याटिङ को मद्दत मा राजस्थान रोयल्स माथी सनराईजर्स हैदराबाद को शानदार जित

चैत्र २६ , अनलाईन खेलखबर || ईन्डियन प्रिमियर लिग (आईपिएल ) अन्तर्गत आज सोमबार भएको प्रतियोगिता को चौथो खेल मा राजस्थान रोयल्स सनराईजर्स हैदराबाद सगँ ९ विकेट ले पराजित भएको छ ।

एकतर्फि बनेको खेल मा १ सय २६ रनको सामान्य लक्ष्य पछ्याएको सनराईजर्स हैदराबाद ले उक्त लक्ष्य १५ ओवर ५ बल मा मात्र १ विकेट को नोक्सानी मा भेटायो । आज रिद्दीमान शाह लाई हैदराबाद ले सस्तै मा सुरुवात मै गुमाए पनि शिखर धवन , विलियमसन ले उत्कृष्ट साझेदारी गरि उत्कृष्ट ब्याटिङ को मद्धत ले टिम लाई जित सजिल्लै सफल भए । जसमा शिखर धवन ले ५७ बलको सामना गर्दै १३ चौका र १ छ्क्का को मद्दत मा अबिजित ७७ रनको पारी खेले यस्तै बिलियमसन पनि अबिजित ३६ रन मा रह्दै टिम लाई शानदार जित दिलाए ।

यसअगि राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशाला हैदराबाद मा भएको खेल मा टस हारी पहिले राजस्थान ले पहिले ब्याटिङ गरेको थियो । प्रतियोगिता को यस संस्करण को ४ खेल मा सबैभन्दा कम रन आज राजस्थान ले बनाएको थियो । आज राजस्थान ले पुरै निर्धारित २० ओवर खेल्दै ९ विकेट को क्षती मा १ सय २५ रन बनाएको थियो ।जस मा कम स्कोर बनाएको राजस्थान का लागि सन्जु सामसोन ले सर्बाधिक ४९ रनको पारी खेल्दा राहुल त्रिपाढी ले १७ रन , कप्तान अजिन्खे राहने १३ रन , शेरेयस गोपाल १८ रन , जोस बोलटर ले ६ रन बनाएका थिए र अन्य ब्याटसम्यान ले उल्लेख्य प्रदंशन गर्न असफल भए पछि टिम कम स्कोर मा समेटिएको थियो ।

बलिगं तर्फ सनराईजर्स हैदराबाद का साकिव अल हसन र सिद्दार्थ कौल ले समान २/२ विकेट लिएका थिए भने भुबेनेस्वर कुमार , बिलि स्टानलाके र राशिद खान ले पनि समान १/१ विकेट लिन सफल भए ||

प्रतिक्रिया दिनुहोस्