onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारत माथी न्युजिल्याण्डको सहज जीत

जेठ ११ , अनलाईन खेलखबर ।। मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्याण्ड र वेल्समा हुन् गईरहेको आईसीसी विश्वकपको पूर्व सन्धामा अहिले विभिन्न अभ्यास खेल हरु भईरहेको छ । जसमध्ये चौथो अभ्यास खेलमा न्युजिल्याण्डले भारतलाई ६ विकेटले पराजित गरेको छ ।

खेलमा भारतले दिएको दिएको १ सय ८० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको न्युजिल्याण्डले ३७.१ ओवरमा मात्र ४ विकेट गुमाएर उक्त लक्ष्य सहज तरिकाले भेटायो ।

न्युजिल्याण्डको जितमा रॉस टेलरले सर्बाधिक ७१ रनको पारी खेले । ७५ बलको सामना गरेका उनले ८ चौका समेत प्रहार गरेका थिए । यस्तै न्युजील्याण्डका कप्तान केन विलियमसनले पनि ६७ रनको योगदान गरे ।

साथै मार्टिन गुप्टिलले २२ रन र हेनरी निकोल्सले अविजित रहदै १५ रनको योगदान गरेपछि न्युजिल्याण्डले भारतमाथि सहज जित हासिल गर्यो ।

बलिङ्गमा भारतका जसप्रित बुमराह , हार्दिक पाण्डेय , युजभेन्द्र चहल र रबिन्द्र जडेजाले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि केनिंग्टन ओवल लण्डनमा जारी खेलमा भारतले टस जितेर पहिले ब्याटिंङ्ग गर्दै ३९.२ ओवरमा सबै विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

ईनिङ्गको दोस्रो ओवरमै टिमका भरपर्दा ओपनर ब्याट्सम्यान रोहित शर्मालाई व्यक्तिगत २ रनमा गुमाएको भारतले खराब सुरुवात गर्ने क्रममा अर्का ओपनर ब्याट्सम्यान शिखर धवनलाई पनी सस्तैमा गुमायो । उनि ३.१ ओवरमा मात्र २ रन बनाएर आउट हुन् पुगे ।

महत्वपुर्ण २ विकेट सस्तैमा गुमाएको भारतको यसपछि पनी विकेट पतन हुने क्रम रोकिएन । यसपछि लगत्तै लोकेश राहुलले पनि आफ्नो विकेट गुमाए । उनले पनी निराशाजनक प्रदशन गर्ने क्रममा ६ रन मात्र बनाए ।

लोकेश आउट भए लगत्तै कप्तान बिराट कोहली पनि १८ रन बनाएर पभेलियन फर्किए । २८ बलको सामना गरेका उनले ३ चौका प्रहार गरे ।

त्यसपछी हार्दिक पाण्डेयले ३० रन , दिनेश कार्तिकले ४ तथा महेन्द्र सिह धोनीले १७ रनको योगदान गरे ।

र अत्यतिर नवौ विकेटका रुपमा टिमका लागि रबिन्द्र जडेजाले अर्धसतकिय पारी खेलेपछि टिमले सम्मानजनक स्कोर बनाउन सफल भएको हो । उनले ५० बलको सामना गर्दै ५४ रनको योगदान गरे । लोकी फर्ग्यूसन बलमा गुप्टिलको हात बाट क्याच हुन् पुगेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।

बलिङ्ग तर्फ न्युजिल्याण्डका ट्रेंट बोल्टले सर्बाधिक ४ विकेट लिए भने जेम्स नीशमले ३ विकेट हात पारे साथै टिम साउथी कोलिन डी ग्रैंडहोमे र लॉकी फर्ग्यूसनले समान १/१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्