onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एपीएफ सँग प्रदेश ३ पराजित : ज्ञानेन्द्र मल्लको सतकीय पारी

जेठ ११ , अनलाईन खेलखबर || तेस्रो सस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रीकेट प्रतियोगिताको दोस्रो खेलमा बिभागिय टिम एपीएफले पारस खड्काको कप्तानीमा रहेको प्रदेश ३ लाई ४१ रनले पराजित गरेको छ ।

खेलमा एपीएफले प्रस्तुत गरेको २ सय ८९ रनको बिशाल बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको प्रदेश ३ ले निर्धारित ५० ओवर पुरै खेल्दै ९ विकेट गुमाएर २ सय ४७ रनमा सिमित हुन् पुगेपछि टिम पराजित हुन् पुगेको हो ।

पहिलो विकेटका रुपमा टिमले ११.५ ओवरमा टिमको स्कोर ४० रन हुदाँ जितेन्द्र ठकुरीलाई व्यक्तिगत १२ रनमा गूमाएको प्रदेश २ ले लगत्तै रित गौतमलाई पनि टिमले सस्तैमा गुमायो । उनले २७ रनको योगदान गरेका थिए । यसपछि टिमले ईशान पाण्डेयले व्यक्तिगत १ रनमा टिमको स्कोर ५५ रनमा गुमाएको थियो ।

तेस्रो विकेटको पतन पछि टिमले चौथो विकेटका लागि ५७ रनको साझेदारी पाएको थियो । जसमा कप्तान पारस खडका र उप कप्तान ज्ञानेन्द्र मल्लले उक्त साझेदारी गर्दै टिमको स्कोर उकासेका थिए । तर २८.५ ओवरमा पारस खडका क्याच आउट हुन् पुगे ।

४५ बलको सामना गर्दै ४६ रन बनाईसकेका पारस भुवन कार्कीको बलमा सुमित महर्जनको हातबाट क्याच आउट हुन् पुगे । यसपछि टिमले लगातार विकेट गुमाउदै गयो । टिमले ३३ रन जोड्दा ३ विकेट गुमाएको थियो । जसमा अभियान बस्नेतले ९ रन , रबिन जोशीले २ तथा सोनु तामाङ्गले ४ रन बनाएर आउट हुन पुगेका थिए ।

तर ज्ञानेन्द्रमय भएको खेलमा उनले प्रतियोगिताको पहिलो सतक प्रहार गर्दै टिमलाई सम्मानजनक स्कोर तर्फ लागेका थिए । अन्तिम ओवरमा विकेट गुमाएका ज्ञानेन्द्र मल्लले १११ बलको सामना गर्दै ८ चौका र ५ छक्काको मद्दतमा उनले १ सय १७ रनको योगदान गरेका थिए । उनि अभिनाश बोहराको बलमा शरद भेषवाकरको हात वाट क्याच आउट हुन् पुगेका थिए । उनले यस्तै अन्त्य तिर ज्ञानेन्द्रलाई साथ दिएका सोनु देवकोटाले १५ रनको योगदान गरेका थिए ।

बलिङ्ग तर्फ एपीएफका लागी कमल सिह एरिले सर्बाधिक ३ तथा अभिनाश बोहराले २ विकेट हात पारे भने पृथु बास्कोटा २ भुवन कार्कीले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुरमा भएको खेलमा एपीएफले पहिले ट्स जितेर सुरुमा ब्याटिङ गर्दै निर्धारित ५० ओवर पुरै खेल्दै ९ विकेटको क्षतिमा २ सय ८८ रनको विशाल योगफल खडा गरेको थियो ।

एपीएफलाई विशाल योगफल गर्न सुमित महर्जनको ९४ रनको पारीले ठूलो भुमिका निर्बाह गरे । ५ औँ विकेटका रुपमा रन आउट हुँदै पभेलियन फर्किएका उनले १०३ बलको सामना गर्दै ५ चौका र ६ छ्क्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै कप्तान पृथु बास्कोटाले पनि अर्धसतकिय पारी खेलेका थिए । ५८ बलको सामना गर्दै उनले ३ चौका र १ छ्क्काको मद्दतमा ५९ रनको योगदान गरेका थिए ।

साथै टिमका लागी प्रदिप एरिले ४० रन , अमर सिँह रौटेलाले २७ र शरद भेषवाकरले १२ रन बनाएका थिए ।

बलिङ्ग तर्फ प्रदेश ३ का लागिनन्दन यादब र जितेन्द्र ठकुरीले समान ३/३ विकेट हात पारे भने कप्तान पारस खड्का र सुर्य तामाङ्गले पनि १/१ विकेट हात पारेका थिए ।

अब प्रतियोगितामा भोलि आईतबार दुई खेल हुनेछ । मूलपानीमा कर्णाली प्रदेश र नेपाल पुलिस बिचको खेल हुनेछ भने किर्तिपुरमा प्रदेश १ ले आर्मीको सामना गर्नेछ । खेल बिहान ९ बजेपछि सुरु हुनेछ ।

जेठ २५ गते सम्म चल्ने प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ । जसमा ७ प्रदेश र ३ विभागिय टिमको सहभागिता रहको छ ।

प्रतियोगिताको बिजेताले २० लाख प्राप्त गर्नेछ भने उपबिजेताले १० लाख प्राप्त गर्नेछ ।यस्तै बिधागत रुपमा प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ्न ।भने उत्कृष्ट ब्याट्सम्यानले ५० हजार र उत्कृष्ट बलरले पनि समान ५० हजार प्राप्त गर्नेछन ।

प्रतियोगितामा टोलीलाई २ समुहमा बिभाजन गरिएको खेल खेलाईएको छ । समूह ए ” मा एपिएफ , प्रदेश ५, ३ , सुदुर पश्चिम र गन्डकि प्रदेश रहेका छ्न । भने समूह बि ” मा त्रिभुवन आर्मी , नेपाल पुलिस , कर्णाली प्रदेश , प्रदेश नम्बर २ र १ रहेका छ्न ।

समुहको लिग चरणमा उत्कृष्ट दुई टिम प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । सेमिफाइनल खेलहरु जेठ २२ र २३ गते हुनेछ भने प्रतियोगिताको फाईनल खेल जेठ २५ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्