onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

राजु र बिनोद चम्किएपछी प्रधानमन्त्री कपमा आर्मीको विजयी सुरुवात

जेठ १० , अनलाईन खेलखबर ।। तेस्रो सस्करणको प्रधानमन्त्री कपको उद्घाटन खेलमा प्रदेश २ लाई बिभागिय टोली त्रिभुवन आर्मी क्लबले १ सय ७१ रनको बिशाल अन्तरले पराजित गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा आर्मीले प्रस्तुत गरेको २ सय ७९ रनको बिशाल लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको प्रदेश २ ले निकै निराशाजनक प्रदशन गर्दै ३१.४ ओवरमा अलआउट हुदैं १ सय ७ रनमा सिमित भएपछी आर्मीले प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।

प्रदेश २ का लागी हरि सङ्गखर शाहले सर्बाधिक २१ रनको पारी खेल्दा सुधीर चौधरीले १५ रन र सम्शाद शेखले १६ रनको योगदान गरेका थिए । यस्तै टिमका लागि कप्तान मेहबुब आलमले ५ रन बनाएर आउट हुन् पुगे । भने सुरज पटेलले ११ रन तथा राशिद खानले १४ रन बनाएका थिए ।

प्रदेश २ को ब्याटिंङ्ग ध्वस्त पार्ने क्रममा आर्मीका शाहब आलमले सर्बाधिक ४ विकेट हात पारे भने शुसन भारीले ३ तथा जितेन्द्र मुखियाले २ विकेट हात पारेका थिए । यस्तै टिमका कुशल मल्लले पनि १ विकेट लिएका थिए ।

त्यसअघि त्रिवि अन्तराष्टिय क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा प्रदेश २ ले टस जितेर आर्मीलाई पहिले ब्याटिंङ्ग गर्न निम्तो दिएको थियो । जसअनुसार ओपनरद्रय बिनोद भण्डारी र राजु रिजालले उत्कृष्ट सुरुवात दिलाएपछि टिमले निर्धारित ५० ओवर पुरै खेल्दै ९ विकेटको क्षतिमा २ सय ७८ रन बनाउँन सफल भएको थियो ।

सुरुवाती अबस्था देखिनै निकै राम्रो ब्याटिंङ्ग गरेको आर्मीले पहिलो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेको थियो । बिनोद र राजुले उक्त साझेदारी गरेपछि टिम ठुलो लक्ष्य तर्फ अग्रसर भएको थियो । पहिलो विकेटका रुपमा पभेलियन फर्किएका विनोदले ६१ बलको सामना गर्दै ९ चौकाको मद्दतमा अर्धसतकिय पारी खेल्ने क्रममा ६६ रनको योगदान गरेका थिए ।

यस्तै राजुले ९० रनको पारी खेलेका थिए । १०९ बलको समाना गरेका उनले ५ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै टिमका लागि रोहित कुमार पौडेलले पनि ४७ रन तथा हरि बहादुर चौहानले २६ रनको योगदान गरे ।

बलिङ्गमा प्रदेश २ का लागि हरी सङ्गखर शाहले ३ तथा विबेक यादब , शम्साद शेख , रासिद खान र बिशाल सुलिङ्गले समान १/१ विकेट लिएका थिए ।

अब प्रतियोगितामा भोलि सनिवार पारस खडकाको कप्तानीमा रहेको प्रदेश ३ ले एपीएफको सामाना गर्नेछ । खेल टियुमा बिहान ९ बजेपछि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्