onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

प्रधानमन्त्री कप भोलिबाट सुरु : तयारी पुरा , उद्घाटन टियुमा हुने

जेठ ९ , अनलाईन खेलखबर ।। राष्टिय खेलकुद परिषदको आयोजना तथा नेपालय ईन्टरनेशनलको सहकार्यमा भोलि शुक्रबार देखि काठमाडौमा हुन गईरहेको तेस्रो संस्करणको प्रधानमन्त्री कपको लगभग तयारी सकिएको बताईएको छ ।

प्रतियोगिता दुई मैदानमा हुदैछ । पहिलो भनेको किर्तिपुर स्थित त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा हुदैछ भने दोस्रो मैदानमा रुपमा मूलपानि क्रिकेटमैदानलाई उपयोग गर्ने तयारि भएको छ ।

मूलपानिमा हतारहतार गरि खेल्न लायक बनाईएको छ । अब आधिकारिक रुपमा मूलपानीले पहिले राष्टिय क्रिकेट प्रतियोगिताको स्वागतका लागि तयार नजिक रहेको छ ।

यता मुलपानीमै प्रतियोगिताको उद्घाटन खेल खेलाईने पूर्व तयारी अनुसार भने आयोजक पछि हटेको छ । मूलपानिमा अन्तिममा आएर उद्घाटन खेल नहुने भएको छ तर अन्य खेलहरु क्रमश हुदै जानेछन ।

उद्घाटन खेललाई मूलपानि बाट टियु मैदानमा सारिएको छ । भोलि टियुमा हुने उद्धघाटन खेलमा त्रिभुवन आर्मी क्लव र प्रदेश २ बीच प्रतिस्पर्धा हुने छ । भने मूलपानिमा प्रदेश १ ले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

जेठ २५ गते सम्म चल्ने प्रतियोगितामा कुल १० टिमको सहभागिता रहने छ । जसमा ७ प्रदेश र ३ विभागिय टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको लागि २ समुहमा बिभाजन गरिएको छ । समूह ” ए ” मा एपिएफ , प्रदेश ५, ३ , सुदुर पश्चिम र गन्डकि प्रदेश रहेका छ्न ।

भने समूह ” बि ” मा त्रिभुवन आर्मी , नेपाल पुलिस , कर्णाली प्रदेश , प्रदेश नम्बर २ र १ रहेका छ्न ।

समुहको लिग चरणमा उत्कृष्ट दुई टिम प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । सेमिफाइनल खेलहरु जेठ २२ र २३ गते हुनेछ भने प्रतियोगिताको फाईनल खेल जेठ २५ गते हुनेछ ।

प्रतियोगिताको बिजेताले २० लाख प्राप्त गर्नेछ भने उपबिजेताले १० लाख प्राप्त गर्नेछ ।

यस्तै बिधागत रुपमा प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ्न । भने उत्कृष्ट ब्याट्सम्यानले ५० हजार र उत्कृष्ट बलरले पनि समान ५० हजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *