onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फिफा आफ्नो प्रस्ताबबाट पछि हट्यो : कतार विश्वकपमा ३२ राष्टलेनै सहभागिता जनाउने

जेठ ९ , अनलाईन खेलखबर ।। सन् २०२२ मा एसियाली मुलुक कत्तारमा हुन् गईरहेको फिफा फुटबल विश्वकपमा सहभागी जनाउने राष्टको संङ्गख्या ३२ नै यथावत रहने भएको छ ।

कतार विश्वकपमा सहभागी हुने सङ्गख्या ४८ पुर्याउने फिफाको तयारी गरेपनि अहिले आएर आफ्नो प्रस्ताबमा फिफा पछि हटेको छ । लामो चर्चा र यस बिषयमा छलफल गरी अन्तत् : फिफाले ३२ राष्टलाई विश्वकपमा सहभागिता जनाउने आधिकारिक घोषणा गरेको छ ।

अहिलेको अबस्थामा विश्वकपमा ४८ मुलुकलाई सहभागिता जनाउन कतार फुटबल फेडेरेशनलाई पनि निकै गाह्रो पर्ने अबस्था थियो । ३२ मुलुकका लागि बनाईएको संरचनालाई ४८ मुलुकलाई प्रयाप्त हुने थिएन ।

त्यसका लागि कतारलाई छिमेकी राष्टले सहयोग गरेको खण्डमा भने त्यो सम्भव हुन् सक्ने अबस्था थियो । तर कतारको छिमेकी राष्ट सँग अहिले राम्रो सम्बन्ध पनि नभईरहेको अबस्थामा कतारको सल्लाह अनुसार फिफाले पनि सोहि कुरालाई मनन गरेको हो ।

तर फिफाले सन् २०२६ मा अमेरिका , क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दै विश्वकपमा ४८ राष्टलाई सहभागिता गराउने भएको छ । जसकारण फुटबलको लोकप्रियतामा बढाउँन यसले ठुलो भूमिका निर्बाह गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *