onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

सिपिएलको ड्राफ्ट सम्पन्न : सन्दिप बाहेक अन्य ३ खेलाडीहरु अनुबन्धित हुन् असफल

जेठ ९ , अनलाईन खेलखबर ।। वेस्ट ईण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग (सिपिएल)को सातौँ सस्करणको खेलाडी छनोट प्रक्रियाको रुपमा रहेको ड्राफ्ट सम्पन्न भएको छ ।

बुधवार राती लण्डनमा भएको प्रतियोगिताको ड्राफ्टमा नेपालका सन्दिप लामिछाने पनि टिममा अनुबन्धित हुन् पुगे । भने नेपालका सोमपाल कामी , दिपेन्द्र सिह एरि र रोहित कुमार पौडेललाई कुनै टिमले अनुबन्धित गरेन ।

१७ राउण्ड सम्म चलेको ड्राफ्टमा सन्दिप ५ औं राउण्डमा बारबाडोस ट्रिडेंट्समा अनुबन्धित भएका छन । अनुबन्धित भए वाफत् उनले करिव ७० हजार अमेरिकन डलर प्राप्त गर्नेछन ।

त्यसअघि अघिल्लो सस्करणमा सन्दिप क्रिस गेलको कप्तानीमा रहेको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए । उनलाई टिमले ५ हजार अमेरिकन डलरमा अनुबन्धित गरेको थियो । जसवाट उनले ५ खेल खेल्दै ७ विकेट लिन सफल भएका थिए ।

यसपटक सन्दिपको टिम बारबाडोस ट्रिडेंट्समा एलेक्स हेल्स, जेसन होल्डर, वहाब रियाज़, जॉन्सन चार्ल्स जस्ता खेलाडीहरु आबद्द भएका छन ।

ड्राफ्टमा कुल २० देशका ५ सय ३६ जना विदेशी खेलाडीहरु समाबेश रहेका थिए । प्रतियोगिता अब आउदो सेप्टेम्बर ४ देखि अक्टोबर १२ सम्म सन्चालनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *