onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बङ्लोर लाई ४ विकेट ले पराजित गर्दै आईपिएल मा कोलकाता को बिजयी सुरुवात : सुनिल नारायण को उत्कृष्ट ब्याटिङ

चैत्र २५ , अनलाईन खेलखबर || ईन्डियन प्रिमियर लिग ( आईपिएल ) को यस संस्करण को तेस्रो खेल मा कोलकाता ले रोयल च्यालेन्जर्स बैङ्लोर लाई ४ विकेट ले पराजित गर्दै प्रतियोगिता मा बिजयी सुरुवात गरेको छ ।

१ सय ७७ रनको बिजयी लक्ष्य पछ्याएको कोलकत्ता ले उक्त लक्ष्य १८ ओवर ५ बल मा ६ विकेट गुमाएर भेटायो ।। कोलकाता को जित मा आज ओपनर सुनिल नारायण ले सुरुवाती आक्रमक पारी खेल्दै टिम लाई राम्रो सुरुवात दिलाएका थिए ।

उनले १९ बलको सामना गर्दै अर्धसतकिय पारी ५० रन बनाउन सफल भएका थिए । उनले ५ छ्क्का ४ चौका प्रहार गरेका थिए । यस्तै अर्का ओपनर कृस लिन लाई भने टिम ले सस्तैमा मात्र ५ रन मा गुमाएको थियो । यस्तै मा तेस्रो बिकेट का लागि रबिन उथप्प्पा लाई १३ रन मा गुमाएको थियो । यस्तै नितिश राना ले कोलकता को पारी लाई उकास्ने काम गरे उनले २५ बलको सामना गर्दै ३४ रन बनाएका थिए । यस्तै रिन्कु सिँह ले ६ रन थपे भने एन्द्रे रासेल ले १५ रनको योगदान दिए । र जित लाई कप्तान दिनेश कार्तिक ले अबिजित ३५ रन बनाउदै टिम लाई जित दिलाउँन सफल भए ।

बलिग तर्फ बेङ्लोर का लागि कृस वाकेस ले ३ बिकेट लिए भने उमेश यादब ले २ विकेट लिदा वासिङ्टन सुन्दर ले १ विकेट लिन सफल भए ।

यस अगि ईडेन गार्ड्र्न कोलकाता मा टस हारी पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बङ्लोर ले निर्धारित २० ओवर खेल्दै ७ ओवर को नोक्सानी मा १ सय ७६ रन बनाएको थियो । जस मा ब्रेडेन म्याकलम ले ४३ रन बनाएका थिए उनले २७ बल सामना गर्दै उक्त रन बनाएका थिए यस्तै अर्का ओपनर डि कक ले ४ रन बनाउदाँ कप्तान बिराट कोहली ले ३३ बल मा ३१ रन बनाएका थिए । यस्तै डेभिलियर ले २३ बल मा आक्रमक ब्याटिङ गर्दै ४४ रन बनाएका थिए । यस्तै मन्दिप ले ३७ रन बनाउदाँ सर्फराज खान ले ६ रन बनाएका थिए ।

बलिङ तर्फ कोलकत्ता का लागि बिजयी कुमार र नितिश राना ले समान २ /२ विकेट लिए ,पियुश चावला, सुनिल नारायण र मिचेल जोन्सन ले पनि १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्