onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्यारेबियन प्रिमियर लिगमा सन्दिप ठुलो रकममा अनुबन्धित

जेठ ८ , अनलाईन खेलखबर ।। वेस्ट ईन्डिजको क्रीकेट लिग क्यारेबियन प्रिमियर लिग (सिपिएल)को यस सस्करणमा पनि नेपालका युवा क्रिकेटर सन्दिप लामिछाने ड्राफ्ट मार्फत टिममा अनुबन्धित भएका छन ।

यसअघिको अघिल्लो संस्करणमा सन्दिप लामिछाने क्रिस गेलको कप्तानीमा रहेको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए । उनलाई टिमले ५ हजार अमेरिकन डलरमा अनुबन्धित गरेको थियो ।

यसपटक भने सन्दिप बारबाडोस ट्रिडेंट्समा अनुबन्धित भएका छन । आज लण्डनमा भएको ड्राफ्टमा उनि पाचौ चरणमा बाट टिममा अनुबन्धित भएका हुन् । अनुबन्धित भए वाफत् उनले ७० हजार अमेरिकन डलर प्राप्त गर्नेछन ।

सन्दिपको टिममा यसपटक पनि ठुलो अनुहारको बाहुल्यता रहने सुरुवाती अबस्थामा झल्लो प्राप्त भएको छ । ड्राफ्ट अहिले जारि रहेको अबस्था रहेको छ । यस्तोमा अझै नेपालीको नजर लन्डनमा रहिरहने छ । जहा नेपालबाट ड्राफ्टमा नेपाल का सोमपाल कामि दिपेन्द्र सिह एरि र रोहित पौडेलको छनोट प्रक्रिया हुन् बाकि रहेको छ ।

खेलाडीको छ्नोट प्रक्रियाका लागि नेपालका ४ सहित खेलाडी सहित पहिलो ड्राफ्टमा २० देशका ५ सय ३६ जना विदेशी खेलाडीहरु समाबेश रहेका छ्न ।

अघिल्लो संस्करणमा नेपालका युवा क्रीकेटर सन्दिप लामिछाने ५ खेल खेल्दै ७ विकेट लिन सफल भएका थिए ।

अब प्रतियोगिता आउदो सेप्टेम्बर ४ देखि अक्टोबर १२ सम्म सन्चालनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *