onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

नेपालकी सावित्रा भण्डारी चम्किदा सेथु क्लबलाई भारतीय महिला लिगको उपाधी

जेठ ८ , अनलाईन खेल खबर ।। नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले महत्वपुर्ण दुई गोल गरेपछि सेथु फुटबल क्लबले भारतीय हिरो महिला लिग फुटबलको उपाधि उचालेको छ ।

आज बुधवार भएको फाईनल खेलमा मनिपुर पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेथु लिगको च्याम्पियन बनेको हो ।

फाइनल खेलमा पहिलो हाफमा १-० को अन्तरले पछि परेको अबस्थामा पनि सेथुले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गरेपछि टिमले उपाधि आफ्नो नाममा लेखाएको थियो ।

पहिलो हाफमा खेलको ४३ औं मिनेटमा मनिपुरकी राधारानी देवीले गोल गर्दै टिमका लागि सुरुवाती अग्रता दिलाएकी थिइन् ।

यसपछि दोस्रो हाफ सेथुमय बनेको थियो । खेलको ५६ औं मिनेटमा सेथुका लागि इन्दुमतीले गोल गर्दै खेल लाई बराबरीमा ल्याएकी थिईन ।

त्यसपछि सेथुले लगत्तै दोस्रो गोल गर्यो । टिमका लागि दोस्रो गोल नेपालकि सावित्रा भण्डारीले गरेकी थिईन । उनले खेलको ६१ औं मिनेटमा गोल गर्दै सेथुलाई २-१ को अग्रता दिलाएकी थिइन् ।

त्यस्तै सावित्रालेनै ७० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै र टिमका लागि तेस्रो गोल गरिन । यसपछि बाकि समयमा कुनै टिमबाट गोल हुन् सकेन र त्यही गोलनै सेथुका लागि लिगको उपाधि उचाल्न प्रयाप्त भयो ।

सावित्राले प्रतियोगिता भरमा ३ ह्याट्रिकसहित कुल १५ गोल गर्न सफल भईन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *