onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्यारेबियन प्रिमियर लिगको ड्राफ्ट आज हुदै : नेपालीको नजर लण्डन तर्फ

जेठ ८ ,अनलाईन खेलखबर || वेस्ट ईन्डिजको क्रीकेट लिग क्यारेबियन प्रिमियर लिग (सिपिएल)को यस सस्करणको खेलाडी छनोट प्रक्रिया अन्तर्गत पहिलो ड्राफ्ट आज हुदै छ ।

लण्डनमा हुने ड्राफ्टमा आज नेपालको पनि बिशेष चासो रहेको छ । यसपटक नेपालका ४ युवा क्रिकेटर हरु ड्राफ्टमा पर्न सफल भएका छन । जसमा सन्दिप लामिछाने , रोहित कुमार पौडेल , दिपेन्द्र सिह एरि र सोमपाल कामि रहेका छन ।

फाईल फोटो

यी ४ नेपाली मध्यमा सन्दिप लामिछानेको छनोट सम्भावना प्रबल रहेको छ । उनि यसअघि अघिल्लो सस्करणको सिपिएलमा उनले राम्रो प्रदशन गरेका थिए । र पछि अन्य विश्व चर्चित लिगहरुमा पनि उनि राम्रो लयमा रहदै व्यक्तिगत राम्रो प्रदशन गरेका थिए ।

तर अन्य नेपाली खेलाडीहरुको भने सम्भावना न्यून रहेको छ । यसअघि पनि ड्राफ्टमा नेपाली खेलाडीहरु नपरेका होईनन तर छनोट हुन् सकिरहेका छैनन् । तर ढोका सबैको लागि खुल्ला छ भित्र छिर्न सक्छन या सक्दैनन त्यो हेर्न बाकि रहेको छ ।

यसपटक सन्दिप संगै अर्को नेपाली खेलाडीले अन्तराष्टिय ढोका खोलोस भन्ने कामना सबै नेपालीको रहेको छ । जसकारण बेलुका पौने ८ बजेपछि हुने ड्राफ्टमा नेपालको बिशेष नजर जानेछ ।

खेलाडीको छ्नोट प्रक्रियाका लागि नेपालका ४ खेलाडी समाबेश हुदाँ उनिहरु सगैँ पहिलो ड्राफ्टमा २० देशका ५ सय ३६ जना विदेशी खेलाडीहरु समाबेश रहेका छ्न ।

अघिल्लो संस्करणमा नेपालका युवा क्रीकेटर सन्दिप लामिछाने क्रिस गेलको कप्तानीमा रहेको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए जहाँ उनले उक्त संस्करणमा कुल ५ खेल खेल्दै ७ विकेट लिन सफल भएका थिए । उनलाई टिमले ५ हजार अमेरिकन डलरमा अनुबन्धित गरेको थियो ।

सिपिएल यसपटक सेप्टेम्बर ४ देखि अक्टोबर १२ सम्म सन्चालनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *