onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिप लागे अष्ट्रेलिया तर्फ

जेठ ७ , अनलाईन खेलखबर ।। नेपालका स्टार क्रीकेटर सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छ्न ।

उनि अपराह्न १ बजेतिर सिंगापुर एरलाएन्स मार्फत अष्ट्रेलियातर्फ प्रस्थान गरेका छ्न ।

विश्वको सबैभन्दा ठुलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग ( आईपिएल ) खेली केही दिन अघि स्वदेश फर्किएका उनी स्वदेश बसाई पछि अष्ट्रेलिया
प्रस्थान गरेका हुन ।

पछिल्लो समय विश्व चर्चित क्रिकेट लिगमा ब्यस्त रहेका सन्दिप अहिले भने कुनै लिगमा अनुबन्धित रहेका छैनन् । आईसीसी एकदिवसिय विश्वकप नजिकिदै गर्दा अहिले कुनै लिगहरु पनि संचालनमा रहेका छैनन् ।

आईपिएल खेली स्वदेश फर्किने क्रममा बिमानस्थलमा संचारकर्मी सँग कुराकानी गर्ने क्रममा यो खालि समय आफ्ना परिवार र आफ़न्तजन साथिभाई हरु सँग बिताउने तथा केहि समय आराम गर्ने जानकारी गराएका थिए । सोहि अनुसार उनी काठमाडौ बाट गृहजिल्ला चितवनमा आफ्नो परिवार सम्म समय बिताएला थिए ।

उनि स्वदेश फर्किपछी उनी विभिन्न गतिविधि गर्दै देखा परे । चाहे त्यो तिनकुनेमा स्थानिय क्रिकेट खेलिरहेका खेलाडी सँग छोटो आफनो अनुभव साट्ने होस या चितवनमा निर्माणस्थिन गौतम बुद्द अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला अबलोकन गर्ने होस यसरी उनले आफुलाई ब्यस्त बनाईरहे । र पूरा समय परिवार र साथिभाईहरुलाई दिए ।

अब करिव एक हप्ताको अष्ट्रेलिया भ्रमणका क्रममा सन्दीपले आफ्नो प्रशिक्षणका साथै विगब्यास लिगको योजना तथा अरु नेपाली क्रिकेट खेलाडीलाई प्रशिक्षणको वाताबरण मिलाउने तयारी गर्ने बुझिएको छ ।

फाईल फोटो

यसअघि सन्दिप बिग ब्यासका लागि अष्ट्रेलिया पुगेका थिए । उनले बिग ब्यासमा मेलबर्न स्टार्स बाट खेलेका थिए । उनको प्रदशन पनि राम्रो रहेको थियो टिम पनि लिगमा फाईनल सम्म पुगेको थियो । तर यसपटक उनि व्यक्तिगत कामका लागि जादैंछन ।

प्रतिक्रिया दिनुहोस्