onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रधानमन्त्री महिला टि – ट्वान्टी जेठ अन्तिममा हुने : विजेताले ५ लाख प्राप्त गर्ने

जेठ ७ , अनलाईन खेलखबर || राष्टिय खेलकुद परिषद ( राखेप )को आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटीको ब्यबस्थापनमा आउदो जेठको अन्तिम सातातिर महेन्द्रनगरमा प्रधानमन्त्री महिला टि – २० राष्ट्रिय क्रीकेट प्रतियोगिता हुने भएको छ ।

आज काठमाडौमा आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको थियो ।

कुल अठासी लाख रुपैयाँ लागत लाग्ने प्रतियोगितामा मिराई एजुकेसन एन्ड भिजा सर्बिसेज प्राली अस्टेलियाले मुख्य प्रायोजन गर्दै प्रतियोगितालाई साथ दिने भएको छ ।

प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहने छ । जसमा सात प्रदेश र एक विभागिय टोलीको सहभागिता रहने छ ।

पहिलोपटक कंचनपुरमा आयोजना हुन लागेको प्रधानमन्त्री महिला क्रीकेट प्रतियोगिताले कंचनपुरबासीलाई खुशी दिलाएको समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

यसअघि छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रीकेट प्रतियोगिता महेन्द्रनगर भएको थियो ।

दोस्रो पटक महेन्द्रनगरमा आयोजना हुन लागेको महिला क्रीकेट प्रतियोगितालाई एवम् सभ्य र भब्य रुपमा आयोजना गर्न आयोजक तयार रहेको समेत जानकारी गराएको थियो ।

प्रतियोगिताको बिजेताले ५ लाख तथा उप बिजेताले ३ लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्