onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

प्रधानमन्त्री कप जेठ १० बाट सुरु : बिजेताले २० लाख प्राप्त गर्ने

जेठ ३ , अनलाईन खेलखबर || राष्टिय खेलकुद परिषदको आयोजना तथा नेपालय ईन्टरनेशनलको सहकार्यमा हुनलागेको तेस्रो संस्करणको प्रधानमन्त्री कप यहि आउदो जेठ १० गतेबाट सुरु हुने भएको छ ।

आज आयोजकले काठमाडौमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा पुर्ण जानकारी गराएको थियो ।

जसअनुसार प्रतियोगिता पहिलो पटक केही खेलहरु मुलपानि क्रीकेट मैदानमा हुनेछ भने बाकी खेलहरु किर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेल मुलपानीमा गरिने तयारी भईरहेको आयोजकले जानकारी गराएको छ ।

यसपटकको संस्करणमा प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा ” एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजले जोडिएको छ ।

जसको एक्सपर्ट र नेपालयबिच मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर आजकै कार्यक्रममा गरेका थिए ।

जेठ २५ गते सम्म चल्ने प्रतियोगितामा कुल १० टिमको सहभागिता रहने छ । जसमा ७ प्रदेश र ३ विभागिय टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको बिजेताले २० लाख प्राप्त गर्नेछ भने उपबिजेताले १० लाख प्राप्त गर्नेछ ।

यस्तै बिधागत रुपमा प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ्न । भने उत्कृष्ट ब्याट्सम्यानले ५० हजार र उत्कृष्ट बलरले पनि समान ५० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको लागि २ समुहमा बिभाजन गरिएको छ । समूह ” ए ” मा एपिएफ , प्रदेश ५, ३ , सुदुर पश्चिम र गन्डकि प्रदेश रहेका छ्न ।

भने समूह ” बि ” मा त्रिभुवन आर्मी , नेपाल पुलिस , कर्णाली प्रदेश , प्रदेश नम्बर २ र १ रहेका छ्न ।

समुहको लिग चरणमा उत्कृष्ट दुई टिम प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । सेमिफाइनल खेलहरु जेठ २२ र २३ गते हुनेछ भने प्रतियोगिताको फाईनल खेल जेठ २५ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *