onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

नेपाली ४ क्रीकेट खेलाडी क्यारेबियन प्रिमियर लिगको ड्राफ्टमा

जेठ १ , अनलाईन खेलखबर || वेस्ट ईन्डिजको क्रीकेट लिग क्यारेबियन प्रिमियर लिग (सिपिएल)को यस सस्करणका लागि पहिलो ड्राफ्टमा नेपालका ४ खेलाडीहरु परेका छ्न।

अघिल्लो संस्करणमा सहभागी रहेका सन्दिप लामिछाने सहित यसपटक दिपेन्द्र सिँह एरि , रोहित कुमार पौडेल र सोमपाल कामी समाबेश रहेका छ्न ।

आउदो मे २२ मा लन्डनमा हुने खेलाडीको छ्नोट प्रक्रियाका लागि नेपालका ४ खेलाडी समाबेश हुदाँ उनिहरु सगैँ पहिलो ड्राफ्टमा २० देशका ५ सय ३६ जना विदेशी खेलाडीहरु समाबेश रहेका छ्न ।

यसअघि अघिल्लो संस्करणमा नेपालका युवा क्रीकेटर सन्दिप लामिछानेले आफ्नो जादुमय बलिङ देखाईसकेका छ्न ।

उनी सिपिएलको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए जहाँ टिमको कप्तानी क्रिस गेलले गरेका थिए ।

उनले उक्त संस्करणमा कुल ५ खेल खेल्दै ७ विकेट लिन सफल भएका थिए ।

सिपिएल यसपटक सेप्टेम्बर ४ देखि अक्टोबर १२ सम्म सन्चालनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *