onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

एसिया कपको उद्घाटन खेलमा आज नेपालले भारतको सामना गर्दै

जेठ १ , अनलाईन खेलखबर || नेपाल व्हिल चियर क्रिकेट संघको आयोजनामा आज देखि पहिलो पटक नेपालमा एसिया कप व्हिल चियर क्रीकेट प्रतियोगिता हुन गईरहेको छ ।

फाईल फोटो

जसको उद्घाटन खेलमा आयोजक नेपालले आज भारतको सामना गर्नेछ । खेल त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा बिहान ९ बजेपछी हुनेछ ।

प्रतियोगितामा आयोजक नेपालसहित , भारत , बङलादेश र पाकिस्तानको सहभागिता रहको छ ।

४ दिन सम्म चल्ने प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

मङ्गलबार काठमाडौमा आयोजक नेपाल व्हिल चियर क्रिकेट संघले पत्रकार सम्मेलन गरि प्रतियोगिताका लागि तयार भएको र उत्साहित समेत रहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *