onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) को ड्राफ्ट सम्पन्न : ५ टिममा ५५ खेलाडी अनुबन्धित

बैशाख ३१ , अनलाईन खेलखबर ।। क्विन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजनामा आउदो असोज ३ गतेदेखि ११ गते सम्म त्रिवि अन्तराष्टिय क्रिकेट मैदान किर्तिपुरमा हुन् गईरहेको वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी-२० लिग को खेलाडी छनोट प्रक्रिया ड्राफ्ट आज मङ्गगलबार सम्पन्न भएको छ ।

काठमाण्डौ स्थित होटेल सांग्रिलामा भएको ड्राफ्ट मार्फत टिममा खेलाडी छनोट भएका छन । नेपालमा कुनै लिगले यसरी ड्राफ्ट मार्फत खेलाडी छनोट यो पटक गरेको हो । जसबाट ५५ खेलाडी टिममा अनुबन्धित भएका छन । ड्राफ्टमा कुल १ सय ७ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए ।

ड्राफ्टकामा खेलाडीहरू लाई डायमण्ड,रुबिज, सफायर, र वाइल्डकार्ड इन्ट्री गरी ४ श्रेणीमा विभाजन गरिएको थियो । जसमा पहिलो रहेको डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू रहेका थिए । भने दोस्रोमा रहेको रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका खेलाडीहरु रहेका थिए भने तेस्रोमा रहेको सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी रहेका थिए ।

र अन्तिम श्रेणीरहेको वाइल्डकार्ड इन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडीहरु रहने छन । वाइल्डकार्ड इन्ट्रीमा २ जना खेलाडीहरुलाई प्रत्येक टिमले लिन सक्ने छन ।

प्रतियोगितामा कुल ५ टिमको सहभागिता रहने छ । जसमा पोखरा पल्टन , ललितपुर फाल्कोन्स, क्यापिटल्स रोयल्स काठमाडौं, विराटनगर टाइन्टस र चितवन राइनोज रहेका छन ।

अब हेर्नुहोस् ड्राफ्ट मार्फत छनोट भएका खेलाडीहरुको नामवली

विराटनगर टाइटन्स

मार्की खेलाडी -सरिता मगर

ज्योति पाण्डे – ५० हजार

सोनु खड्का – ७५ हजार

डोली भट्ट – ५० हजार

लमी चौधरी – ५० हजार

आरती बिडारी – ७५ हजार

सबनम राई – ५० हजार

कृतिका मराशैनी – २५ हजार

सर्मिला रोका मगर – २५ हजार

प्रतिक्षा बस्याल -५० हजार

कृष्णा गुरुङ – २५ हजार

अस्मिना कर्माचार्य -२५ हजार

पोखरा पल्टन

मार्की खेलाडी -सिता राना मगर

कविता कुँवर – ७५ हजार

अन्जली चन्द – ५० हजार

रुबिना पादोर- २५ हजार

बिन्दु रावल – ७५ हजार

अनुराधा चौधरी -५० हजार

रेवती धामी -२५ हजार

सरस्वती घर्ति मगर – २५ हजार

नबिना खड्का -२५ हजार

निशा भट्ट -२५ हजार

मन्जु कुमारी बोगटी – २५ हजार

राजमती ऐरी -२५ हजार

क्यापिटल रोयल्स काठमाडौँ

मार्की खेलाडी -रुबिना क्षेत्रि

अप्सरी वेगम – ७५ हजार

रोमा थापा – ७५ हजार

सुमन विष्ट -२५ हजार

संगीता राई-५० हजार

सरस्वती चौधरी – ५० हजार

नितु भण्डारी – २५ हजार

ममता थापा – ५० हजार

लक्ष्मी साउद -२५ हजार

ममता राना – २५ हजार

इश्वरी विष्ट -२५ हजार

चितवन राइनोज

मार्की खेलाडी – इन्दु बर्मा

काजोल श्रेष्ठ – ७५ हजार

ऋतु कजौनिया – २५ हजार

रेखा रावल -५० हजार

सरस्वती पुन – २५ हजार

प्यारी चौधरी – २५ हजार

कन्चन श्रेष्ठ – २५ हजार

सन्तोषी कुमारी चौधरी – ५० हजार

सन्जु लामा – २५ हजार

सावित्रा जिसी – २५ हजार

अश्मिता खरेल -२५ हजार

सुमन खतिवडा -२५ हजार

ललितपुर फाल्कोन्स

मार्की खेलाडी -नेरी थापा

ममता चौधरी – ७५ हजार

करुणा भण्डारी – ७५ हजार

कविता जोशी – २५ हजार

सरिता मगर – ५० हजार

कृति सेन -२५ हजार

रोशनी बोहरा – ५० हजार

शान्ति कुमारी चौधरी – २५ हजार

सम्झना खड्का -२५ हजार

अलिशा केसी – २५ हजार

सिमा थापा- २५ हजार

गीता गोशाई – २५ हजार

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *