onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

सन्दिप भोलि स्वदेश फर्किदै

बैशाख २८ , अनलाईन खेलखबर || विश्व क्रीकेटको सबैभन्दा ठुलो तथा चर्चित क्रीकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपिएल ) खेली नेपालका युवा क्रीकेटर सन्दिप लामिछाने आईतवार स्वदेश फर्किन लागेका हुन ।

फाईल फोटो ।।

गएराती भएको दोस्रो क्वालिफायर खेलमा उनको टिम दिल्ली चेन्नई सगँ ६ विकेटले पराजित हुँदै प्रतियोगिता बाट बाहिरीएपछि उनी स्वदेश फर्किन लागेका हुन ।

नेपाली राष्टिय टिमका टेक्निकल म्यानेजर तथा सन्दीपको ब्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीका अनुसार सन्दीप भोली आईतवार दिउँसो २:३५ मा त्रिभुवन विमानस्थल आईपुग्ने छन । 

दोस्रो पटक दिल्ली बाट खेलेका उनले यस सस्करणमा कुल ६ खेल खेल्दै ८ विकेट लिन सफल भएका थिए । अघिल्लो बर्ष आईपिएलको प्रद्शनको आधारबाट बिश्व क्रीकेटमा बर्ष भरी छाईरहेका सन्दिपको यसपटक के हुनेछ त्यो हेर्न बाकी रहेको छ ।

अहिले अवस्था सम्म कुनै लिगमा उनि अहिले अनुबन्धित छैनन र ठुला लिगहरु पनि सन्चालनमा रहेका छैनन , अब आईपिएल लगत्तै एकदिवसिय विश्वकप सुरु हुदैछ । यसकारण उनी यसपटक जेठ १ गतेबाट काठमाडौमा हुन गईरहेको प्रधानमन्त्री कप एकदिवसिय राष्टिय क्रीकेट प्रतियोगितामा सहभागिता जनाउन सक्छ्न । जसको आधिकारिक पुष्टि भने भएको छैन ।

यस बारेमा सन्दिप स्वयम नेपाल फर्किएपछी जानकारी दिनेछ्न ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *