onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

२ मिनेटमै सकियो आईपिएल फाईनलको टिकट

बैशाख २६ , अनलाईन खेलखबर ।। विश्व क्रिकेटको सबैभन्दा ठुलो तथा चर्चित क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग ( आईपिएल ) को यस सस्करणको फाईनल खेलको टिकट २ मिनेट भित्रै सकिएको छ ।

भारतीय संचारमाध्यमका अनुसार आईतबार राजीव गान्धी अन्तराष्टिय रङ्गशाला हैदराबादमा हुने फाईनल खेलको टिकट खोलिएको २ मिनेट भित्र सकिएपछि अहिले आईपिएल समर्थकहरु आश्चर्यचकित भएका छन ।

क्रिकेट जानकारसमेत चकित हुन् पुगेका छन । सदैभ यसअघि सुरुवाती अबस्थामा २५ देखि ३० हजारनै बिक्री हुने टिकट यसपटक भने सुरुवाती त्यसको पनि केहि मिनेट भित्र तर यसपटक कसैलाई जानकारी पनि भएन तर टिकट सबै बिक्रि भए यो आफैमा चकित पार्ने बिषय बनेको छ ।

तर भारतीय क्रिकेट कंट्रोल बोर्ड( बिसिसिआई ) ले टिकट बुधवारनै खुल्ला गरेको थियो । तर कुनै सुचना र जानकारी बिना नै तर हैरान पार्ने कुरा यस्तो अबस्थामा पनि सबै टिकट केहि मिनेटमा सकिएपछि समर्थकहरुमा आक्रोश उत्पन्न भएको छ । केहिले त पारदर्शिता तथा जवाबदेहीमा समेत सबाल उठाएका छन ।

फाईनल खेल हुने राजीव गान्धी अन्तराष्टिय रङ्गशाला करिव ५५ हजार दर्शकहरु अट्न सक्ने क्षमताको रहेको छ । फाईनलमा मुम्बई ईण्डियनले दोस्रो क्वालिफायर दिल्ली र चेन्नई बिचको बिजेता टिम सँग प्रतिष्पर्दा गर्नेछ । फाईनल खेल आउदो आईतबार नेपाली समय अनुसार बेलुका पौने ८ बजेपछि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्