onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

अन्तर्राष्ट्रिय फुटबल

लिभरपुल च्याम्पियन्स लिगको फाईनलमा : बार्सा स्तब्ध

बैशाख २५ , अनलाईन खेलखबर ।। पहिलो लेग ३-० ले गुमाएको लिभरपुलले दोस्रो लेगमा निकै राम्रो कमब्याक गर्दै स्पेनिस क्लब बार्सिलोनालाई ४–० ले पराजित गरेपछि इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको सेमिफाईनलको दोस्रो लेगको खेलमा बार्सिलोनालाई ४–० गोल अन्तरले पराजित गरेपछि लिभरपुल समग्रमा ४–३ को नतिजा सहित फाईनल प्रवेश गरेको हो ।

दोस्रो लेगमा खेलमा लिभरपुलले खेलको ७ औ मिनेटमा ओरिगीको गोल मार्फत अग्रता लिएको थियो । यसपछि खेलको ५४ औ मिनेटमा वाइनाल्डमले दोस्रो गोल गरे । उनलेनै ५६ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि टिम ३–० को स्थितीमा पुगेको थियो ।

त्यसपछि खेलको ७९ औ मिनेटमा ओरिगीले व्यक्तिगत दोस्रो गोल तथा टिमका लागि चौथो गोल गरेपछि लिभरपुलले बार्सिलोना माथि एतिहासिक जित हासिल गर्न प्रयाप्त बन्यो ।

लगातार दोस्रो पटक फाईनल पुगको लिभरपुलले अब जुन १ मा आयाक्स र टोटेनहम बिचको विजेता सँग प्रतिस्पर्धा गर्नेछ । अहिले आयाक्सले पहिलो लेगमा १–० को अग्रता बनाईरहेको छ । दोस्रो लेग आज राति हुदैछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *