नेपालले अमेरिका र ओमानको घरेलु मैदानमा आतिथ्यता गर्ने
बैशाख २४ , अनलाईन खेलखबर ।। सन २०२३ मा भारतमा हुने एकदिवसीय बिश्वकपको छ्नोट प्रक्रियाको संरचना अनुरुप नेपालको बाटो आईसीसी लिग -२ अन्तर्गतको नेपालको पहिलो खेल स्वयम् नेपालमै हुने भएको छ ।
आईसीसीले मङ्गगलबार जारी गरेको प्रेश बिज्ञप्ति अनुसार नेपालले अर्को बर्ष सन् २०२० फेब्रुअरी ५ देखि १२ सम्म काठमाण्डौ किर्तिपुर स्थित त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा ओमान र अमेरिका सँग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।
नेपालमा खेलेपछि नेपाल नामिबिया पुग्नेछ । जहाँ पनि नामिबिया, नेपाल र स्कटल्याण्ड बिचको त्रिकोणात्मक सिरिजनै हुनेछ । यो सिरिज २० अप्रिल देखि २७ अप्रिल सम्म चल्नेछ । यसपछि नेपालको गन्तव पपुवा न्युगिनी रहनेछ । यो सिरिज जुन ९ देखि १६ तारिख सम्म चल्नेछ । जसमा घरेलु टोलि पपुवा न्युगिनी , नेपाल र युएईको सहभागिता रहनेछ ।
आईसीसीले यसपछिका खेलहरुको मिति तोकेको भएपनि स्थान भने अझै टुङ्गो लगाएको भने छैन ।
आइसिसिको नया संरचना अनुसार भारतमा हुने बिश्वकपमा पुग्न कुल ५ बटा बाटो बनाएको छ । जसमा पहिलो आईसीसी सुपर लिग , दोस्रो आईसीसी लिग २ , तेस्रो आईसीसी च्यालेन्ज कप , त्यस्तै चौथो बिश्वकप क्वालिफायर प्ले अफ र अन्तिम बिश्वकप क्वालिफायर पार गर्नु पर्नेछ ।
छ्नोट प्रक्रियाको पहिलो आईसीसी सुपर लिगमा हाल रहेका १२ टेस्ट मान्यता प्राप्त राष्ट्र र नेदरल्याण्ड सहित कुल १३ रास्ट्रले सुपर लिग खेल्ने छन् । जसबाट उत्कृष्ट ८ टोलि सिधै बिश्वकपमा पुग्ने छ्न ।
यसपछि सुपर लिगका अन्तिम ५ टिम हरुले पुन अर्को बिश्वकप छ्नोट खेल्ने मौका पाउने छ्न ।
यस्तै आईसीसी लिग २ मा नेपाल, युएई र स्कटल्याण्ड सहित डिबिजन २ बाट भखरै आएका ओमान , अमेरिका , नामिबिया र पपुवा न्युगिनी गरि कुल ७ टिमले यो लिग खेल्नेछन । यहाँबाट उत्कृष्ट ३ टिम बिश्वकप छ्नोट खेल्नेछन । भने बाकी ४ टिम लाई बिश्वकप क्वालिफायर प्ले अफ खेल्ने पर्नेछ ।
यस्तै अर्को आईसीसी च्यालेन्ज कप रहेको छ । जहाँ विश्व क्रिकेट लिगका २१-३२ स्थानका १२ टिमहरु यो कप खेल्नेछन जहा बर्मुडा, क्यानडा, डेनमार्क, हङकङ, इटाली, जर्सी, केन्या, मलेसिया, सिंगापुर, युगान्डा, भानुआटु, र कतारको सहभागिता रहने छ । च्यालेन्ज कपमा २ समूह बिभाजन गरिने छ । ६/६ बटा राष्टको २ समूहबाट समूह बिजेता बन्ने २ राष्टले बिश्वकप क्वालिफायर प्ले अफमा पुग्ने छ्न ।
प्ले अफ क्वालिफायरमा आईसिसी लिग २ का अन्तिम ४ टिमहरु , च्यालेन्ज कपबाट छानिएका २ टिम बिच गरि कुल ६ टिमले प्ले अफ खेल्ने छ्न । यहाँ बाट उत्कृष्ट २ टिमले बिश्वकप छ्नोट प्रतियोगिता खेल्नेछ्न ।
र अन्तिममा बिश्वकप क्वालिफायर रहेको छ । जसमा आईसीसी सुपर लिगका अन्तिम ५ टिम हरु , आईसीसी लिग २ का उत्कृष्ट ३ टिम र बिश्वकप क्वालिफायर प्ले अफ बाट आएका २ टिम गरि कुल १० टिमले बिश्वकप क्वालिफायर खेल्नेछन । जसबाट मात्र २ टोली ले बिश्वकप खेल्ने अबसर प्राप्त गर्नेछन ।
नेपालको बिश्वकपको बाटो यस्तो रहेको छ ।
पहिलोमा आईसीसी लिग २ खेल्नु पर्नेछ । जसको खेल तालिका आईसिसिले सार्बजनिक गरिसकेको अबस्था छ । नेपाल, युएई र स्कटल्याण्ड सहित डिबिजन २ बाट भखरै आएका ओमान , अमेरिका , नामिबिया र पपुवा न्युगिनी गरि कुल ७ टिमले यो लिग खेल्नेछन । जहाँ नेपालले २ बर्ष भित्र ३६ खेल खेल्नेछ । यहाँ बाट उत्कृष्ट ३ टिम बिश्वकप छ्नोट खेल्नेछन । भने बाकी ४ टिम लाई बिश्वकप क्वालिफायर प्ले अफ खेल्ने पर्नेछ ।
यदि नेपालले उत्कृष्ट ३ भित्र पर्न सके सिधै बिश्वकप छ्नोटमा स्थान बनाउने छ ।
तर उत्कृष्ट ३ भित्र नपरेमा फेरि अर्को मौका पाउने प्ले अफका लागि पाउने छ ।
प्ले अफमा प्ले अफ क्वालिफायरमा आईसिसी लिग २ का अन्तिम ४ टिमहरु , च्यालेन्ज कप बाट छानिएका २ टिम बिच गरि कुल ६ टिम ले प्ले अफ खेल्ने छ्न । यहाँ बाट उत्कृष्ट २ टिम ले बिश्वकप छ्नोट प्रतियोगिता खेल्नेछ्न ।
र अन्तिम भनेको बिश्वकप क्वालिफायर रहेको छ । जसमा आईसीसी सुपर लिगका अन्तिम ५ टिम हरु , आईसीसी लिग २ का उत्कृष्ट ३ टिम र बिश्वकप क्वालिफायर प्ले अफ बाट आएका २ टिम गरि कुल १० टिमले बिश्वकप क्वालिफायर खेल्नेछन । जसबाट मात्र २ टोली ले बिश्वकप खेल्ने अबसर प्राप्त गर्नेछन ।