onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

यु -सिक्टिन राष्टिय क्रिकेट प्रतियोगिताको फाईनल खेल आज

बैशाख २४,अनलाईन खेलखबर ।। काठमाण्डौमा जारी अन्तर प्रदेश यु – १६ राष्टिय क्रिकेट प्रतियोगिताको फाईनलमा आज सुदूरपश्चिम प्रदेशले प्रदेश नम्बर २ को सामना गर्दैछ ।

सुदूरपश्चिम टिम

सोमवार भएको पहिलो सेमिफाईनल खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ३० रनले पराजित गर्दै प्रतियोगिताको फाईनल प्रबेश गरेको थियो । भने दोस्रो सेमिफाईनलमा प्रदेश २ ले प्रदेश नम्बर ३ लाई ४ विकेटले पराजित् गर्दै फाईनलमा सुदूरपश्चिम सँग भेट पक्का गरेको थियो ।

जारी प्रतियोगितामा दुबै टिम अपराजित रहेका छ्न । दुबै टिम समुह बिजेता बन्दै सेमिफाइनल प्रबेश गरेका थिए । यसअर्थमा आज हुने फाईनल खेल आफैमा प्रतिष्पर्दात्मक हुने आकलन गरिएको छ ।

प्रतियोगिताको फाईनल खेल आज मङ्गगलबार बिहान १० बजेपछि हुनेछ ।

कुल ७ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेता टिमले नगद रु. २ लाख ५० हजार सङ्गै सोही बराबरको खेल सामाग्री, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ।

उपविजेताले भने नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयमान खेलाडीलाई खेलकुद सामाग्री, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्