प्रदेश १ लाई पराजित गर्दै सुदूरपश्चिम फाईनल प्रबेश

प्रदेश १ लाई पराजित गर्दै सुदूरपश्चिम फाईनल प्रबेश

बैशाख २३ , अनलाईन खेलखबर ।। सेमिफाइनलमा प्रदेश १ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश अन्तर प्रदेश यु – १६ राष्टिय क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ३० रनले पराजित गरेको थियो ।

त्रिवि अन्तराष्ट्रिय क्रीकेट मैदान किर्तिपुरमा आज भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सुरुमा ट्स जितेर सुदूरपश्चिम प्रदेशले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

जसअनुरुप निर्धारित ३० ओवर पुरै खेल्दै ९ विकेट गुमाएर १ सय ६५ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिम प्रदेशका लागि सुबाश ऐरले सर्बाधिक ४३ रनको पारी खेलेका थिए । ४१ बलको सामना गरेका उनले ७ चौकाको मद्द्तमा उक्त रन बनाएका थिए ।

यस्तै सुदूरपश्चिमका धिरेन्द्र ठाकुरले २५ रन , सन्दिप बिष्टले २२ रन , अनिल थापाले २० तथा आशिष भट्टले २६ रनको योगदान गरेका थिए ।

बलिङ तर्फ प्रदेश १ का लागि सरवनले सर्बाधिक ३ विकेट लिए भने बिपिन महतोले २ तथा अमित रोयले १ विकेट लिएका थिए ।

यसपछि सुदूरपश्चिमले दिएको १ सय ६६ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको प्रदेश १ , २५.२ ओवरमा अलआउट हुन पुगेपछी खेलको नतिजा सुदूरपश्चिमले आफ्नो पक्षमा पार्दै प्रतियोगिताको फाईनल प्रबेश गरेको हो ।

प्रदेश १ का लागि सुमन सुन्दासले सर्बाधिक ४४ रनको योगदान गरे । ३५ बलको सामना गरेका उनले ६ चौका समेत प्रहार गरे ।

यस्तै आईस्टाईन रिजालले ३१ तथा सिमरन राईले २७ रनको योगदान गरेपनी बाकी खेलाडीहरुको निराशाजनक प्रद्शन रहेपछी टिम पराजित हुन पुगेको हो ।

बलिङ तर्फ प्रदेश १ का खेलाडी माथी हावी हुने क्रममा सुवाश ऐरले एक्लैले ४ विकेट लिए । यस्तै गोबिन्द् बिष्ट , सन्देश भट्ट , सचिन बडायक र बरलिङ गिरिले समान १/१ विकेट लिएका थिए ।

खेलको प्लेयर अफ द म्याच सुबाश ऐर घोषित भए । टिमलाई प्रतियोगिताको फाईनल पुर्याउन उनले आज भएको सेमिफाइनलमा अलराउन्डर प्रद्शन गरेका थिए ।


यता प्रतियोगिताको फाईनल भोलि मङ्गगलबार हुनेछ । जहाँ
सुदूरपश्चिमले प्रदेश ३ र २ बिचको दोस्रो सेमिफाइनलको बिजेता सगँ प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको बिजेता टिमले नगद रु. २ लाख ५० हजार सङ्गै सोही बराबरको खेल सामाग्री, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । उपविजेताले भने नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयमान खेलाडीलाई खेलकुद सामाग्री, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *