onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डिपिएल को आठौं दिन : खेल बर्षा ले प्रभावित , पहिलो खेल रद्द ,, ओवर घटाईएको दोस्रो खेलमा धनगढि ३ रनले बिजयी

चैत्र २४ , अनलाईन खेलखबर || धनगढि प्रिमियर लिग ( डिपिएल ) को आज आठौं दिनको दोस्रो खेल अन्तर्गत रुपन्देही च्यालेन्जर्स र टिम चौराहा धनगढि बिच भएको खेल मा धनगढि ले रोमाञ्चक खेल मा ३ रन ले बिजयी भएको छ ।।।

बर्षा को ले प्रभावित खेल मा खेल लाई ८ ओवर मा घटाईएको थियो । बर्षा ले प्रभावित खेल मा टस जितेर रुपन्देही ले पहिले फिल्डिङ गरेको थियो । टस हारी पहिले ब्याटिङ को निम्तो पाएको टिम चौराहा धनगढि ले निर्धारित ८ ओवर मा ७ विकेट गुमाएर ७६ रन बनाएको थियो । जसमा सोनु तामाङ ले सर्बाधिक ३४ रन बनाए भने रोहन मुस्तफा ले १५ रन सुनिल धमला ले ६ रन , राजेश पुलामी मगर ले ९ रन , योगेन्द्र कार्किले ५ रन बनाउदा , सोमपाल कामी र सङ्खर राना ले २/२ रन बनाएका थिए ।

बलिग तर्फ रुपन्देही का लागि सुशन भारि ले सर्बाधिक ३ विकेट लिए यस्तै दिपेन्द्र श्रेष्ठ ले २ विकेट लिए भने सागर पुन र शक्ति गौचन ले पनि १/१ विकेट लिएका थिए ।

७७ रनको बिजयी लक्ष्य पछ्याएको रुपन्देही ले पुरै ८ ओवर खेल्दै मात्र ७३ रन ५ विकेट को क्षति मा बनाएको थियो । रुपन्देही का लागि सागर पुन ले सर्बाधिक ३३ रन बनाएका थिए । यस्तै दिपक प्रसाद अबिजित १६ रन मा रह्दा प्रदिप एरि ले ६ रन , सिद्धान्त लोहनि ले ३ रन र सुफ्यान मेहेमुद अबिजित ८ रन बनाएका थिए ।

यस अगि नै प्रतियोगिता बाट बाहिरी सकेको रुपन्देही ले ५ खेल बाट ५ मै हार ब्यहोरेको छ । भने टिम चौराहा धनगढी ले प्ले अफ मा आफ्नो स्थान सुरक्षीत गर्न तेस्रो टिम बन्न सफल भएको छ । यसअगि काठमाडौ र महेन्द्रनगर प्ले अफ मा आफनो स्थान सुरक्षित गरि सकेका छ्न ।

आजको पहिलो खेल :

प्रतियोगिता को आठौं दिनको पहिलोखेल महेन्द्रनगर युनाईटेड र सिवाईसी अत्तरिया बिचको खेल शुक्रबार राति परेको वर्षा का कारण मैदान मा पानी जमेका कारण खेल रद्द भएको थियो । खेल रद्द भए सगै दुबै टिम ले १/१ अंक बाडेका छ्न ।

जसको सिदाँ धेरै असर सिवाईसी अत्तेरिया लाई पुगेको छ ।। अंक बाढन बाध्य भए पछि ४ खेल बाट मात्र ३ अंक मात्र छ अब यस्तो मा प्ले अफ मा पुग्न निकै कठिन बनेको छ ।। यसका लागि अब सिवाईसी ले अन्तिम खेल मा बिराटनगर लाई हराउनु पर्नेछ । र उक्त खेल ले नै बिराटनगर र अत्तेरिया को प्ले अफ निर्धारण गर्नेछ ।

अब आईतवार लिगँ चरण का अन्तिम दुई खेल हुनेछ्न पहिलो खेल काठमाडौ र महेन्द्रनगर र दोस्रो खेल मा सिवाईसि अत्तरिया र बिराटनगर किग्स बिच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्