onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपिएलको प्ले अफ समिकरण पुरा : सन्दीपको दिल्लीलाई फाईनल खेल्न २ खेल जित्नुपर्ने

बैशाख २३ , अनलाईन खेलखबर ।। कोलकता र मुम्बई ईण्डियन बिच आईतबार राति सम्पन्न लिग चरणको अन्तिम खेल सकिए संगै यस सस्करणको ईन्डियन प्रिमियर लिग ( आईपिएल ) को प्ले अफ समिकरण पनि पुरा भएको छ ।

सदाझै यसपटक पनि प्ले अफ समीकरण रोचक बन्न पुग्यो । प्ले अफ समीकरण पुरा गर्न अन्तिम खेल सम्म कुर्नुपर्ने अबस्था यसपटक पनि दोरियो । जसमा मुम्बई ईन्डियन , चेन्नई सुपर किग्स , दिल्ली क्यापिटत्स र सनराइजर्स हैदराबादले प्ले अफमा स्थान पक्का गर्न सफल भए ।

आईतबार राति सम्पन्न लिगको अन्तिम खेलमा मुम्बईले कोलकतालाई ९ विकेटले पराजित गरेपछि हैदराबाद प्ले अफमा पुगेको हो । कोलकाता , हैदराबाद र पंजावको समान १२ अंक भएपनि नेट रनरेटमा हैदराबादले कोलकता र पंजाव माथि बाजी मार्यो । भने स्वयम् मुम्बई तेस्रो स्थान वाट पहिलो स्थानमा उक्लिदै पहिलो क्वालिफायरका लागि छनोट भएको हो । मुम्बई , दिल्ली र चेन्नईको पनि समान १८ अंक भएपनि नेट रनरेटमा माथि रहदै मुम्बई पहिलो स्थानमा रहेको हो । यता चेन्नई दोस्रो स्थानमा रहयो ।

भने दिल्ली तेस्रो र हैदराबाद चौथो स्थानमा रहदै प्ले अफका लागि छनोट भएका छ्न ।

अब प्रतियोगिताको पहिलो क्वालिफायर खेल आउदो मंङ्गगलबार मुम्बई र चेन्नई बिच हुनेछ । यो खेलको बिजेता सिदै प्रतियोगिताको फाईनल प्रवेश गर्नेछ । भने पराजित हुने टिमलाई पनि एक मौका हुनेछ । जो बुधवार दिल्ली र हैदराबाद बिच हुने एलिमिनेटर खेलको बिजयी टिम सँग शुक्रबार दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफारको बिजयी टिम पनि प्रतियोगिताको फाईनल प्रवेश गर्नेछ ।

फाईनल खेल आउदो आईतबार राजीव गान्धी अन्तराष्टिय रङ्गशाला हैदराबादमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्