onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चेन्नई माथी पन्जाबको सहज जित

बैसाख २२, अनलाईन खेलखबर || ईण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको ५५औ खेलमा चेन्नई सुपर किग्स विरुद्ध किङ्स ११ पन्जाबले ६ विकेटले जित हासिल गरेको छ ।

टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको पन्जाबले १७१ रनको मध्यम लक्ष्य पाएको थियो ।
पन्जाबका लागी के.एल राहुलले ७ चौका र ५ छक्का प्रहार गर्दै टिमका लागि सर्वाधिक ७१ रनको सानदार पारी खेलेका थिए, यसै गरि निकोलास पुरणले ३६, क्रीस गेलले २८ रनको योगदान गर्दै पन्जाबले १८ ओभरमै जित हासिल गरेको छ ।

बलिङ तर्फ चेन्नईका हर्भजन सिङले ३ विकेट लिएता पनि महङ्गो साबित हुन पुगेका थिए। यसै गरि रबिन्द्र जदेजाले १ विकेट लिएका थिए भने अन्य बलरको खातामा विकेट जोडिएन ।

चेन्नई सुपर किङ्सका लागि फाफ डु प्लेसिसले धुवाधार ९६ रनको पारी खेलेका थिए । यसै गरि सुरेश रैनाले ५३ रनको योगदान गरेका थिए भने अन्य खेलाडिको राम्रो प्रदशन हुन सकेन।

बलिङ तर्फ पन्जाबका लागि सैम करेनले ३ र मोहम्मद शामीले २ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्