onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

यु – १६ राष्टिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा

बैशाख २२ , अनलाईन खेलखबर ।। मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा काठमाण्डौ किर्तिपुर स्थित त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा जारी अन्तर प्रदेश यु – सिक्टिन राष्टिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।

आज आईतबार समुह चरणका खेल समाप्ती भएसँगै प्रतियोगिताको सेमिफाईनल पुग्ने टिमको टुङ्गो लागेको हो । अब भोलि सोमबार हुने पहिलो सेमिफाईनलमा सुदूरपश्चिम प्रदेशले समुह ” बि ‘ को उपबिजेता प्रदेश १ को सामना गर्नेछ । खेल बिहान साढे ८ बजेपछि हुनेछ । यस्तै दिउसो सवा १ बजेपछि हुने दोस्रो सेमिफ़ाईनलमा प्रदेश २ ले समुह ” ए ” को उप बिजेता प्रदेश ३ को सामना गर्नेछ ।

कुल ७ टिमको सहभागिता रहेको प्रतियोगितालाई दुई समुहमा बिभाजन गरि खेलाईएको थियो । अन्तर्गत समुह ‘ए ‘ मा सुदूरपश्चिम प्रदेश , गण्डकी , प्रदेश ३ र कर्णाली प्रदेश रहेका थिए । भने समुह ‘ बि ‘ मा प्रदेश २,१,५ रहेका थिए ।

समुह ” ए ‘ को बिजेता सुदूरपश्चिम प्रदेशले समूह चरणको पहिलो खेलमा गण्डकीलाई ४ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णाली प्रदेशलाई ३५ रनले पराजित गर्दा आज आईतबार भएको समुहको अन्तिम खेलमा प्रदेश ३ लाई ८ विकेटले पराजित गरेको थियो । यता ए को उप बिजेता बनेको प्रदेश ३ ले सुरुवाती दुई खेलमा गण्डकीलाई ८ तथा कर्णालीलाई पनि ८ विकेटले पराजित गरेको थियो ।

उता समुह ” बि ‘ को बिजेता प्रदेश २ ले आफ्नो पहिलो खेल पानीले रद्द भएको खेलमा प्रदेश १ सँग १/१ अंक बाढेको थियो भने दोस्रो अर्थात अन्तिम खेल मा आज आईतबार प्रदेश ५ लाई १२ रनले पराजित गरेको थियो । समुहको उप बिजेता प्रदेश १ले ५ लाई १ विकेटले पराजित गरेको थियो भने प्रदेश २ सँग अंक बाढेको थियो । समान ३/३ अंक भएपनि नेट रनरेटमा प्रदेश २ ले १ माथि बाजी मारेको हो ।

यता प्रतियोगिताको फाईनल आउदो मङ्गगल बार हुनेछ । प्रतियोगिताको बिजेता टिमले नगद रु. २ लाख ५० हजार सङ्गै सोही बराबरको खेल सामाग्री, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । उपविजेताले भने नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयमान खेलाडीलाई खेलकुद सामाग्री, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्