onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रदेश ५ लाई पराजित गर्दै प्रदेश २ समुहको बिजेता बन्दै सेमिफाईनल प्रवेश

बैशाख २२ , अनलाईन खेलखबर ।। मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा काठमाण्डौ किर्तिपुर स्थित त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा जारी अन्तर प्रदेश यु – सिक्टिन राष्टिय क्रिकेट प्रतियोगिताको लिग चरणको अन्तिम दिनको पहिलो खेलमा प्रदेश २ ले ५ लाई १६ रनले पराजित गरेको छ ।

जित संगै समुह ‘बि ” को समुह बिजेता बन्दै प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । पराजित प्रदेश ५ समुह चरणबाट बाहिरिदा प्रदेश १ पनि समूह को उपविजेता बन्दै प्रदेश २ संगै सेमिफाईनल प्रवेश गएको छ ।

अब भोलि सोमबार हुने पहिलो सेमिफाईनलमा प्रदेश १ ले समुह ” ए ” को बिजेता सुदूरपश्चिमको सामनाको सामना गर्नेछ । खेल बिहान साढे ८ बजेपछि हुनेछ । यस्तै दिउसो सवा १ बजेपछि हुने दोस्रो सेमिफ़ाईनलमा प्रदेश २ ले समुह ” ए ” को उप बिजेता प्रदेश ३ को सामना गर्नेछ ।

यता आज त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा भएको खेलमा सुरुमा टस जितेर प्रदेश २ ले ब्याटिंङ्ग गर्दै २७.५ ओवरमा आफ्नो सबै विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । जसमा बिशाल पटेल र प्रशान्त सिहले ८ औं विकेटका लागि ८२ रनको साझेदारी गरेपछि टिमले सम्मान जनक स्कोर खडा गरेको थियो ।
सुरुवाती अबस्थामा टिमको स्कोर ३० रन हुदाँ ७ विकेट गुमाईसकेको अबस्थामा यी दुई खेलाडीले ठुलो साझेदारी गर्दै टिमलाई त्यो योगफल तर्फ लागेका थिए । बिशालले ३९ रन बनाउदा प्रशान्तले अविजित रहदै ४० रनको योगदान गरेका थिए ।

बलिङ्ग तर्फ प्रदेश ५ का लागि बिशाल बिक्रम केसीले सर्बाधिक ३ तथा मकबुल राईले २ विकेट हात पारेका थिए ।

यसपछी प्रदेश २ ले दिएको १ सय १५ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको प्रदेश ५ २७.४ ओवरमा सबै विकेट गुमाएर ९८ रनमा सिमित भएपछी टिम पराजित हुन् पुग्यो । प्रदेश ५ का लागि बिशाल बिक्रम केसीले सर्बाधिक २९ रनको पारि खेले । ५१ बलको सामना गरेका उनले ३ चौका समेत प्रहार गरे । यस्तै सुशान्त थापाले १३ रन , संदेश पाण्डेयले २२ तथा अभिषेक गौतमले १७ रन बनाएका थिए ।

बलिङ्गमा प्रदेश २ बिशाल पटेल , बयेश यादब , निखिल र फते सिद्दिकीले समान २/२ विकेट लिए भने प्रशान्त सिहले पनि आफ्नो नाममा १ विकेट लेखाउन सफल भए ।

खेलको प्लेयर अफ द म्याच प्रदेश २ का प्रशान्त सिह घोषित भए ।

यता प्रतियोगिताको फाईनल आउदो मङ्गगल बार हुनेछ । प्रतियोगिताको बिजेता टिमले नगद रु. २ लाख ५० हजार सङ्गै सोही बराबरको खेल सामाग्री, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । उपविजेताले भने नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयमान खेलाडीलाई खेलकुद सामाग्री, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ

प्रतिक्रिया दिनुहोस्