onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गण्डकीलाई सान्त्वना जित

बैशाख २१ , अनलाईन खेलखबर || मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा जारि अन्तर प्रदेश यु – सिक्टिन राष्टिय क्रिकेट प्रतियोगिताको चौथो दिनको दोस्रो खेलमा कर्णाली प्रदेश लगातार तेस्रो हार ब्यहोर्ने क्रममा गण्डकी प्रदेश सँग ९ विकेटले पराजित भएको छ ।

प्रतियोगिता बाट बाहिरिसकेका दुवै टिमलाई आज मात्र प्रतिष्ठाको खेल रहेको थियो । जसमा गण्डकीले बाजी मार्यो । यसअघिका दुई खेल दुवै टिमले गुमाउदै प्रतियोगिता बाट बाहिरिएको थियो ।

त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा भएको दिनको दोस्रो खेलमा सुरुमा कर्णालीले ब्याटिंङ्ग गर्दै २०.३ ओवरमा अलआउट हुदैँ ८७ रन मात्र बनाएको थियो । कर्णालीका लागि दिलिप सुनारले सर्बाधिक ४४ रनको पारी खेलेका थिए । यस्तै अर्का खेलाडि युनिष बिक्रम सिहले ११ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले उलेख्य योगदान दिननसक्दा टिमले निकै कम स्कोर बनाएको थियो ।

बलिङ्ग तर्फ गण्डकी प्रदेशका लागि शरद तिवारी , निशान कुनवार ,नितेश गिरिले र आदित्य थापाले समान २/२ विकेट लिएका थिए ।

यसपछि कर्णालीले प्रस्तुत गरेको ८८ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ्ग गरेको गण्डकीका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले अविजित रहदै ४९ रनको योगदान एक्कैले दिएपछि टिमले सो बिजयी लक्ष्य २२ ओवरमा मात्र १ विकेट गुमाएर भेटाएको थियो । ५४ बलको सामाना गरेका अर्जुनले ५ चौका समेत प्रहार गरे । यस्तै सिवरिनले १७ र सोयल कुवरले अविजित रहदै ७ रन बनाए ।

बलिङ्ग तर्फ कर्णालीका सुरज बुढाथोकीले १ विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्