onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लगातार दुई खेलमा जित हासिल गर्दै सुदूरपश्चिम सेमिफाइनल प्रबेश

बैशाख २० , अनलाईन खेलखबर || लगातार दुई खेलमा जित हासिल गर्दै सुदूरपश्चिम प्रदेश काठमाण्डौमा जारि अन्तर प्रदेश यु – सिक्टिन राष्टिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ ।

यस्तै समुह ” ए ” बाट नै प्रदेश ३ ले पनि सेमिफाईनल यात्रा तय गरेको छ । आज भएको सुदूरपश्चिम र कर्णाली बिचको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेश माथि ३५ रनले पराजित गरेपछि सुदूरपश्चिम र प्रदेश ३ ले सुरुवाती दुई खेल जितेर सेमिफाईनल पुगेका हुन् ।

आज शुक्रबार प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेलमा कर्णालीले टस जितेर पहिले सुदूरपश्चिमलाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । बर्षाले प्रभावित गरेको खेलमा खेललाई २२ ओवरमा घटाएर खेलाइएको थियो ।

त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा भएको खेलमा टस हार्दै पहिले ब्याटिंङ्ग गरेको सुदूरपश्चिमले निर्धारित २२ ओवर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय १४ रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमका लागि सुबाश ऎरले सर्बाधिक ५४ रनको योगदान गरेका थिए । ओपनरका रुपमा मैदान प्रवेश गरेका उनले ४६ बलको सामना गर्दै ८ चौकाको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि धिरेन्द्र ठाकुरले १२ तथा अनिल थापा र दिपक रोकायाले ९ रनको योगदान गरे ।

बलिङ्ग तर्फ कर्णालीका लागि मोहन गुरुङले सर्बाधिक ३ तथा रितिक जङ्ग शाह र युनिष बिक्रम सिहले समान २/२ विकेट लिएका थिए ।

यसपछि सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय १५ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको कर्णाली प्रदेश १८.४ ओवरमा अलआउट हुदै ७९ रनमा सिमित भएपछी टिम निराश हुन् पुग्यो ।

कर्णालीका लागि रितिक जङ्ग शाहले सर्बाधिक १९ रनको योगदान गर्दा विवेक शाहीले १७ र युनिष बिक्रम सिहले १३ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले उलेख्य योगदान दिन नसक्दा टिम पराजित हुन् पुग्यो ।

बलिङ्ग तर्फ सुदूरपश्चिमका सुबोध ऐरले ह्याट्रिक सहित ३ विकेट लिए । उनले ईनिङ्गको अन्तिममा कर्णालीका ३ ब्याट्सम्यानलाई पभेलियन फर्काईदिएका थिए ।

यस्तै सन्देश भट्टले २ तथा आशिष् भट्ट ,सचिन बडायक र गोविन्द विष्ट्ले समान १/१ विकेट लिएका थिए ।

खेलको प्लेयर अफ द म्याच अलराउन्डर प्रद्शन गरेका सुदूरपश्चिमका सुबोध ऐर घोषित भए ।

अब प्रतियोगिता अन्तर्गत सनिवार पनि दुई खेल हुनेछ । पहिलोमा प्रदेश ५ ले १ को सामन गर्नेछ । भने अर्को खेल प्रतियोगिता बाट बाहिरी सकेका गन्डकी र कर्णाली प्रदेश बिच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्