onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भुषालको बलमा उपराष्टपति पुन बोल्ड आउट

बैशाख १९ , अनलाईन खेलखबर ।। मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा बुधवार देखि काठमाण्डौ किर्तिपुर स्थित त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा अन्तर प्रदेश यु – सिक्टिन राष्टिय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन सम्माननीय उप-राष्टपति नन्दबहादुर पुनले ब्याटिंङ्ग गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । ब्याटिंङ्ग गर्ने क्रममा अर्का अथिति नेकपाका नेता घनश्याम भुषालको बलमा उनि बोल्ड आउट हुन् पुगेका थिए ।

यता बुधवार देखि सुरु भएको अन्तर प्रदेश यु – सिक्टिन राष्टिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो ।

खेलमा गण्डकी प्रदेशले सुरुमा ट्स जित्दै पहिले ब्याटिङ गर्ने क्रममा २७. ५ ओवरमा अलआउट हुँदै ९९ रनको योगफल खडा गरेको थियो । यसपछि गण्डकी प्रदेशले प्रस्तुत गरेको १ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको प्रदेश ३ ले १६.५ ओवरमा मात्र २ विकेट गुमाएर उक्त लक्ष्य भेटाएको थियो ।

२४ गते सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहने छ । जसलाई दुई समुहमा बिभाजन गरि प्रतियोगिता संचालन गरिएको छ । जस अन्तर्गत समुह ‘ए ‘ मा प्रदेश ७ , गण्डकी , प्रदेश ३ र कर्णाली प्रदेश रहेको छ । भने समुह ‘ बि ” मा प्रदेश २,१,५ रहेका छन ।

प्रतियोगिताको बिजेता टिमले नगद रु. २ लाख ५० हजार सङ्गै सोही बराबरको खेल सामाग्री, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । उपविजेताले भने नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयमान खेलाडीलाई खेलकुद सामाग्री, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।

प्रतिक्रिया दिनुहोस्