onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आजबाट टियु मैदानमा अन्तरप्रदेश यु -१६ राष्टिय क्रिकेट प्रतियोगिता हुदैं

बैशाख १७ , अनलाईन खेलखबर ।। मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा काठमाण्डौ किर्तिपुर स्थित त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा आज बुधवार देखि अन्तर प्रदेश यु – सिक्टिन राष्टिय क्रिकेट प्रतियोगिता हुदैछ ।

२४ गते सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहने छ । जसलाई दुई समुहमा बिभाजन गरि प्रतियोगिता संचालन गरिएको छ । जस अन्तर्गत समुह ‘ए ‘ मा प्रदेश ७ , गण्डकी , प्रदेश ३ र कर्णाली प्रदेश रहेको छ । भने समुह ‘ बि ” मा प्रदेश २,१,५ रहेका छन ।

लिग र नकआउटका आधारमा हुने प्रतियोगितामा कुल १२ खेल हुनेछ । खेल सेतो युनिफर्म र रातो बलमा खेलाइने छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज बुधवार गण्डकी प्रदेशले प्रदेश नम्बर ३ को सामना गर्नेछ । जुन खेल दिउसो १ बजेपछि हुनेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन सत्र हुनेछ जहाँ प्रतियोगिताको उद्घाटन सम्माननीय उप-राष्टपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा हुनेछ ।

प्रतियोगिताको बिजेता टिमले नगद रु. २ लाख ५० हजार सङ्गै सोही बराबरको खेल सामाग्री, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । उपविजेताले भने नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयमान खेलाडीलाई खेलकुद सामाग्री, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।

प्रतिक्रिया दिनुहोस्