च्याम्पियन टोली आज स्वदेश फिर्ता हुँदै

च्याम्पियन टोली आज स्वदेश फिर्ता हुँदै

बैशाख १६ , अनलाईन खेलखबर || थाईल्यान्डमा सप्पन्न एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधी उचालेको नेपाली क्रीकेट टोलि आज स्वदेश फर्किदै छ्न ।

आज सोमबार नेपाली यू१६ टोली दिउँसो करिव २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्ने कार्यक्रम रहेको छ ।

नेपालले आईतबार भएको प्रतियोगिताको फाईनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपाल लगातार दोस्रो पटक प्रतियोगिताको च्याम्पियन बनेको थियो ।

यसअघि नेपालले सन् २०१७ मा थाईल्याण्डमै भएको प्रतियोगितामा सिगापुर माथि ७१ रनले जित हासिल गर्दै उपाधि उचालेको थियो ।

कुल ८ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा सोहि अनुरुप खेल्न सफल भयो । उपाधि लगातार दोस्रो पटक उचाल्ने लक्ष्य सहित थाईल्याण्ड पुगेको नेपालले आफ्नो लक्ष्यलाई अहिले पुर्णदिएको छ । 

समुह ” ए ” मा रहेको नेपालले समूह चरणमा नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो ।

भने दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको थियो भने समुहको अन्तिम खेल आयोजक थाईल्यान्ड विरुद्ध बर्षाले प्रभावित गरेपछी खेल रद्द हुँदै दुबै टिमले अकं बाढेका थिए ।

यसपछि समुह ” ए ” को समूह बिजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ” बि” को उपबिजेता हङकङको सामना गरेको थियो । जहाँ नेपालले हङकङलाई ४ विकेटले पराजित गर्दै फाईनल पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *