onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कप्तान श्रेयस र धवनले अर्धसतकिय पारी खेलेपछि दिल्लीले बैंगलोर सामु ठुलो लक्ष्य प्रस्तुत

बैशाख १५ ,अनलाईन खेलखबर ।। बिश्वको सबैभन्दा चर्चित तथा ठुलो क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत अहिले नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले आफ्नो १२ औँ खेलमा बिराट कोहलिको कप्तानीमा रहेको रोयल च्यालेंजर्स बैंगलोरको सामना
गरिरहेको छ ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा जारि खेलमा टस जितेर दिल्लीले पहिले ब्याटिंङ्ग गर्ने निर्णय निर्धारित २० ओवर पुरै खेल्दै ५ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल खडा गरेको छ ।

आजको खेलमा दिल्लीले सुरुवात अबस्थामा आक्रामक ब्याटिंङ्ग गरेको थियो । पहिलो विकेटका लागि पृबि शालाई व्यक्तिगत १८ रनमा गुमाएको थियो । उनलाई गुमाउदा टिमले ३.३ ओवर भित्र ३५ रन बनाईसकेको थियो ।

यसपछि दिल्लीले शिखर धवन र कप्तान र अय्यर बिच ६८ रनको साझेदारी प्राप्त गर्यो । निकै राम्रो ब्याटिंङ्ग गर्दै टिमलाई ठोस सुरुवात दिलाएका शिखर धवन १२.२ ओवरमा अर्धसतकिय ५० रनको योगदान गर्दै आउट भएका थिए । ३७ बलको सामना गरेका उनले ५ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

धवन पछि रिषभ पन्त ७ रन बनाएर आउट हुन् पुगे । उनि युजवेंद्र चहलको बलमा एलबीडब्ल्यूको सिकार भएका थिए ।

यसपछि टिमले चौथो विकेटका रुपमा टिमका कप्तान श्रेयस अय्यरलाई गुमायो । वाशिंगटन सुंदरको बलमा बिराट कोहलिको हात बाट क्याच आउट भएका उनले ३७ बलको सामना गर्दै २ चौका र ३ छक्काको मद्दतमा ५२ रनको पारी खेलेका थिए ।

यस्तै दिल्लीका लागि कॉलिन इनग्रामले ११ जोडे । शेरफेन रदरफोर्ड र एक्सर पटेल अत्यमा अविजित रहदै क्रमश : २८ र १६ रन बनाए ।

बलिङ्ग तर्फ बैंगलोरका लागि वाशिंगटन सुंदरले २ विकेट लिए भने युजवेंद्र चहल, उमेश यादब र नभदिप साईनिले समान १/१ विकेट लिएका थिए ।

अहिले सम्म दिल्लीले प्रतियोगितामा ११ खेल खेल्दै ७ मा जित र ४ खेलमा हार व्यहोर्दै १४ अंकसहित अकतालिकामाको तेस्रो स्थानमा स्थानमा रहेको छ । भने बैंगलोर पनि समान ११ खेल बाट ४ मा जित र ७ मा हार व्यहोर्दै ८ अंकसहित अहिले अकतालिकामा अन्तिम स्थानमा रहेको छ । अहिले दिल्ली र मुम्बईको समान अंक भएपनि नेट रनरेटमा पछि पर्दै दिल्ली अंकतालिकाको तेस्रो स्थानमा रहेको हो ।

यदि दिल्लीले यो खेल आफ्नो पक्षमा पारेको खण्डमा लामो समय पछि प्ले अफमा पुग्नेछ ।

अब दिल्लीले प्रस्तुत गरेको १ सय ८८ रनको बिजयी लक्ष्य पछ्याउदै बैंगलोरले जवाफी ब्याटिंङ्ग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्