onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिप अन्तिम ११ मा पर्न सफल

बैशाख १५ ,अनलाईन खेलखबर ।। बिश्वको सबैभन्दा चर्चित तथा ठुलो क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत अहिले नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले आफ्नो १२ औँ खेलमा बिराट कोहलिको कप्तानीमा रहेको रोयल च्यालेंजर्स बैंगलोरको सामना
गरिरहेको छ ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटला दिल्लीमा जारि खेलमा टस जितेर दिल्लीले पहिले ब्याटिंङ्ग गर्ने निर्णय गरेको छ । यता नेपालका शान सन्दिप लामिछानेलाई टिमले आज अन्तिम ११ मा स्थान दिएको छ ।

प्रतियोगितामा दिल्ली र बैंगलोर बिच दोस्रो पटक भेट हुदैछ । यसअघि लिगको पहिलो भेटमा दिल्लीले बैंगलोरलाई ४ विकेटले पराजित गरेको थियो ।

अहिले सम्म दिल्लीले प्रतियोगितामा ११ खेल खेल्दै ७ मा जित र ४ खेलमा हार व्यहोर्दै १४ अंकसहित अकतालिकामाको तेस्रो स्थानमा स्थानमा रहेको छ । भने बैंगलोर पनि समान ११ खेल बाट ४ मा जित र ७ मा हार व्यहोर्दै ८ अंकसहित अहिले अकतालिकामा अन्तिम स्थानमा रहेको छ । अहिले दिल्ली र मुम्बईको समान अंक भएपनि नेट रनरेटमा पछि पर्दै दिल्ली अंकतालिकाको तेस्रो स्थानमा रहेको हो ।

दिल्लीले पहिलो खेलमा मुम्बई ईण्डियन लाई ३७ रनले पराजित गर्दै प्रतियोगिताको सुरुवात राम्रो तरिकाले गरेको थियो । दोस्रो खेलमा भने चेन्नई संग दिल्ली ६ विकेटले पराजित हुन् पुग्यो । तेस्रो खेलमा कोलकतालाई सुपर ओवरमा ३ रनले जित हासिल गर्यो भने चौथो खेलमा दिल्ली पंजाव संग १४ रनले पराजित हुन् पुग्यो ।

यसपछि पाचौ खेलमा हैदराबाद संग ५ विकेटले पराजित हुन् पुग्दा छठौ खेलमा दिल्लीले बैंगलोरलाई ४ विकेटले पराजित गरेको थियो । सातौ खेलमा कोलकतालाई ७ विकेटले दिल्लीले पराजित गरेको थियो भने दिल्लीले आफ्नो आठौ खेलमा हैदराबादलाई ३९ रनले पराजित गरेको थियो । दिल्लीले आफ्नो नबौं खेलमा मुम्बई ईण्डियन सँग ४० रनले पराजित हुन् पुगेको थियो । भने १० औँ खेलमा दिल्लीले पंजावलाई ५ विकेटले पराजित गरेको थियो । भने अघिल्लो खेलमा राजस्थानलाई ६ विकेटले पराजित गरेको थियो ।

यता बैंगलोरले पछिल्ला ३ खेलमा जित हासिल गर्दै आएको छ । अघिल्लो खेलमा बैंगलोरले पंजावलाई १७ रनले पराजित गरेको थियो ।

यसअर्थमा खराब लयपछि राम्रो कमब्याक गरेको बैंगलोर र दिल्ली बिचको खेल रोचक बन्ने अपेक्षा गरिएको छ । दिल्ली यसपटकको सस्करणमा बलियो टिमको रुपमा देखा परेको छ । लामो समयपछि प्ले अफको ढोका नजिक पुग्दै गरेको दिल्लीलाई आफ्नो त्यो लयमा यथावत राख्न पनि आजको खेल निकै महत्वपुर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्