onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपिएलमा राजस्थानको पाचौँ जित : हैदराबाद ७ विकेटले पराजित

बैशाख १५ , अनलाईन खेलखबर ।। विश्वको सबैभन्दा ठुलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत गएराती सम्पन्न प्रतियोगिताको ४५ औँ खेलमा राजस्थान रोयल्सले सनराईजर्स हैदाराबादलाई ७ विकेटले पराजित गरेको छ ।

यो जित संगै अहिले राजस्थान १२ खेलबाट ५ मा जित तथा ७ खेलमा पराजित हुदै १० अंकसहित अहिले अंकतालिकाको छठौ स्थानमा रहेको छ । भने हैदाराबादको ११ खेलबाट ५ मा जित र ६ खेलमा हार व्यहोर्दै समान १० अंक भएपनि नेट रनरेटमा माथि रहदै अहिले अंकतालिकाको चौथो स्थानमा रहेको छ ।

खेलमा हैदराबादले दिएको १ सय ६१ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको राजस्थानले उक्त लक्ष्य ईनिङ्गको ५ बल बाकि रहदै मात्र ३ विकेट गुमाएर भेटायो ।

हैदराबाद माथि जित निकाल्न राजस्थानका संजू सैमसनले सर्बाधिक ४८ रनको पारी खेले । ३२ बलको सामना गरेका उनले ४ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै खेलमा टिमले सुरुवाती अबस्था देखि नै राम्रो गरेको थियो । पहिलो विकेटका लागि टिमको स्कोर ७८ रन हुदाँ ९.१ ओवरमा
लिआम लिविंगस्टोनलाई ४४ रनमा गुमाएको थियो ।

२६ बलको सामना गरेका उनले ४ चौका ३ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । उनि रासिद खानको बलमा क्याच आउट हुन् पुगेका थिए ।

यस्तै टिमका लागि अजिंक्य रहाणेले ३९ तथा कप्तान स्टीवन स्मिथ २२ रन बनाएका थिए ।

बलिङ्ग तर्फ हैदराबादका शाकिव अल हसन , खलिल अहमद र राशिद खानले समान १/१ विकेट लिएका थिए ।

यसअघि राजस्थानको घरेलु मैदान सवाई मानसिह रंगशाला जयपुरमा भएको खेलमा राजस्थानले टस जितेर पाहुना टोलि हैदराबादलाई पहिले ब्याटिंङ्गको निम्तो दिएको थियो । जसअनुसार हैदराबादले निर्धारित २० ओवर पुरै खेल्दै ८ विकेटकोक्षतिमा १ सय ६० रनको योगफल खडा गरेको थियो ।

हैदारबादका लागि मनिष पाण्डेयले सर्बाधिक ६१ रनको पारी खेले । ३६ बलको सामना गरेका उनले ९ चौकाको मद्दतमा उक्त रन बनाएका थिए ।यस्तै रासिद खानले १७ तथा केन विलियमसन १३ रनको योगदान गरे ।

बलिङ्ग तर्फ राजस्थानका श्रेयस गोपाल,ओशन थोमस,जयदेव उनादकट र बरुण आरोनले समान २ /२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्