onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

हंगकङ्गद्रारा नेपाल सामु सम्मानजनक लक्ष्य प्रस्तुत

बैशाख १४ , अनलाईन खेलखबर ।। थाईल्याण्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको सेमिफाईनलमा नेपालले अहिले कमजोर हंङ्गकङ्गको सामना गरिरहेको अबस्था छ ।

थाईल्याण्ड स्थित प्रेम इन्टरनेशनल स्कुलको खेल मैदानमा जारी खेलमा टस जितेर हंगकंगले पहिले ब्याटिंङ्ग गर्ने निर्णय गर्दै ३२.२ ओवरमा सबै विकेट गुमाएर ८६ रनको सम्मानजनक योगफल खडा गरेको छ ।

सुरुवात अबस्था देखिनै खराब सुरुवात गरेको हंगकंगले टिमको स्कोर १ रन हुदां पहिलो ओवरको पाचौ बलमा जगराज सिहलाई हंगकङ्गले सुन्य रनमा गुमाएको थियो । नेपाललाई पहिलो सफलता बिशाल कुमार पटेलले दिलाएका थिए । यसपछि लगत्तै हंगकंगले अर्को विकेट गुमायो । लुकास १ रन बनाएर पभेलियन फर्किएका थिए । दोस्रो विकेट पनि बिशालले नै सफल भए ।

यसपछि ९.२ ओवरमा हंगकंगका बृज नारायण श्योपुरि व्यक्तिगत ८ रन बनाएर रमेश कुर्मिको बलमा भखरै आउट भएका छन । उनि आउट भएपछी अर्का ब्याट्सम्यान मोहम्मद अलियान जाहिर लगत्तै सुन्यरनमा निखिल कुमार सिहको बलमा आउट हुन् पुगे ।

नेपाली बलर सामु निरिह साबित हुदै गरेको हंगकंगले आफ्नो पाचौ विकेट १८.६ ओवरमा टिमको स्कोर ४९ रन हुदाँ रौनक कपुर लाई व्यक्तिगत ४ रनमा गुमाएको थियो । यस्तै ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा आरुष भागवातले ४३ रनको योगदान गरेपछि टिमले सम्मानजनक स्कोर बनाउन सफल भएको हो । यसबाहेक अने खेलाडीले भने सन्तोषजनक प्रदशन गर्न सकेनन् ।

बलिङ्ग तर्फ नेपालका लागि निखिल कुमार सिँहले सर्बाधिक ४ बिकेट लिए भने विशाल कुमार पटेल र रमेश कुर्मिले समान २/२ बिकेट लिए भने तिलकराज भन्डारिले १ बिकेट लिन सफल भए ।

अब हङकङले प्रस्तुत गरेको ८७ रनको बिजयी लक्ष्य पछ्याउदै नेपालले केहिबेरमै जवाफी ब्याटिङ गर्नेछ ।

समुह ‘ ए ” को बिजेता बन्दै सेमिफाईनल प्रबेस गरेको नेपालले समुह चरणमा खेलेका ३ खेलमा २ खेलमा शत प्रतिशत जित निकालेको थियो । भने समुह चरणको अन्तिम खेलमा भने नेपालले आयोजक थाईल्याण्ड सँग पानिले प्रभावित गरेको खेलमा अंक बाढन बाध्य भएको थियो ।

सो खेलमा नेपालले दिएको २ सय ३५ रनको विशाल लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्न मैदानमा उत्रिएको थाईल्यान्डको ईनिङ सुरु हुने क्रममा भारि पानी परेपछी खेल अन्त्तत प्रभावित हुन पुग्यो ।

पहिलो ओवरको ५ बलमा खाता खाेल्न नपाउँदै भारी बर्षा भएपछि खेल राेकिन पुगेको थियो ।त्यसपछि खेल हुन सम्भव नभएपछी म्याच अम्पायरले खेल रद्द भएकाे घाेषणा गरेका थिए । यसपछि दुबै टिमले १/१ बाढे । नेपालले ३ खेलमा ५ अंकका साथ समुह ‘ ए ‘ काे बिजेता बन्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

उपाधि लगातार दोस्रो पटक उचाल्ने लक्ष्य सहित थाईल्याण्ड पुगेको नेपाली अन्डर सिक्टिन टिम यसपटकको पनि प्रमुख दाबेदार र बलियो टिम हो । त्यसको संङ्गकेत् नेपालले देखाईरहेको अबस्था छ ।

थाईल्याण्ड बिरुद्द खेल्नुअघि नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गर्न सफल भएको थियो ।

कुल ८ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भोलि आईतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्