onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट घरेलु

पारस को टिम बिराटनगर को लगातार दोस्रो जित : धनगढी बिराटनगर सगँ १८ रनले पराजित

चैत्र २२ , अनलाईन खेलखबर || धनगढि मा जारी धनगढि प्रिमियर लिग ( डिपिएल ) को लिगं चरण को छठौँ दिनको पहिलो खेल मा टिम चौराहा धनगढि लार्इ बिराटनगर किग्स ले १८ रनले पराजित गरेको छ ।

आज भएको खेल मा विराटनगर किग्सं ले दिएको १ सय २८ रनको सामान्य लक्ष्य पछ्याएको टिम चौराहा धनगढी ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९ रनमात्र बनाउन सक्यो र बिराटनगर सगँ पराजित हुन बाध्य भयो ।

मध्यम लक्ष्य पछ्याउने क्रममा सुरुवाती राम्रो सुरुआत गरेको चौराहाले पछि विराटनगरले मध्यम तिर कसिलो बलिङ् गरेपछि हार ब्यहोरेको हो ।

चौराहाका लागि ओपनरद्वय अश्फाक अहमद र सुनिल धमलाले ३६ रनको साझेदारी गरेका थिए । ३६ रनमा पहिलो विकेटको रुपमा १६ बलमा २२ रन बनाएका अहमदलाई गुमाएको चौराहाले ३८ रन बनाउदा १२ रनमा खेलिरहेका अर्का ओपनर धमलालाई गुमाएको थियो । धनगढी का लागि रोहन् मुस्तफाले ११, राजु पुलामीले ८ रन बनाएका थिए भने सोनु तामाङ ले १ र कप्तान सोमपाल कामीले ३ रन मात्र जोड्न सके । यता धनगढी का लागिसर्वाधिक रन बनाएका सङ्खर रानाले ३८ बल खेल्दै २५ रन को योगदान दिएका थिए ।

बिराटनगर को जितमा धनगढि लाई हराउन मुख्य रुपमा कसिलो बलिङ् गरेको विराटनगरका पवन सरार्फ ले ४ विकेट लिए यस्तै वसन्त रेग्मी र कप्तान पारस खडका ले समान २/२ विकेट हात पारे ।

यसअगि एसएसपि क्रीकेट मैदान धनगढी मा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९ ओवर ५ बल मा पुरै बिकेट गुमाउदै १ सय २७ रन बनाएको थियो ।

विराटनगरका लागि पवन सराफले सर्वाधिक ४१ रन बनाएका थिए यस्तै अनिलकुमार शाहले २४ र शुभम कामतले १८ रनको योगदान टिम लाई गरेका थिए । त्यस्तै बाबर ह्यातले १५ रन बनाएका थिए । भने अन्य कुनै ब्याटसम्यान ले उल्लेख योगदान दिन नसक्दा टिम ले कम स्कोर खडा गरेको थियो ।

बिराटनगर को ब्याटिङ ध्वस्त पार्ने क्रम मा धनगढीका लागि सुनिल धमलाले सर्वाधिक ४ विकेट लिएका थिए । सुनिलले ४ ओभर बलिङ गर्दै एक ओभर मेडनसहित केबल १० रन दिएर ४ विकेट लिएका थिए । उनले विराटनगरका प्रमुख ब्याट्सम्यानहरु पारस खड्का , दिलिपनाथ, अनिलकुमार शाह, पृथु बास्कोटा लाई आउट गरेका थिए ।

त्यस्तै धनगढीका लागि कप्तान सोमपाल कामी र रोहन मुस्तफाले समान २/२ विकेट लिदा ललित भण्डारी र संसद शेखले पनि समान १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *