onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भलिबल तर्फ महिलामा एपीएफ र पुरूषमा पुलिसलाई स्वर्ण

बैशाख ११ , अनलाईन खेलखबर ।। नेपाली खेलकुदको महाकुम्भ आठौँ राष्टिय खेलकुदको भलिवल तर्फ महिलामा एपीएफ र पुरूषमा नेपाल पुलिस क्लबले स्वर्ण पदक उचालेका छन ।

आज भएको फाईनल खेलमा पुरुष तर्फ नेपाल पुलिसले त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण पदक उचालेको हो भने महिला तर्फ एपीएफले प्रदेश ३ लाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक आफ्नो नाममा सहज तरिकाले लेखाउन सफल भएको हो ।

खजुरास्थित केगाउँमा नवनिर्मित शुक्र भलिबल कोर्टमा भएको फाईनल खेलमा पुरुष तर्फ पुलिसले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । यसपछी आर्मीले खेलमा फर्किने सङ्गकेत् गर्दै दोस्रो सेट २३–२५ ले आफ्नो पक्षमा पारेको थियो । तर यसपछि पुलिसले तेस्रो र चौथो सेट आफ्नो पक्षमा पारेपछि आर्मी निराश हुन् पुग्यो र र। पुलिस उक्त सेट क्रमसः २५–२१ र २५–१८ ले जितेको थियो ।

यता महिला तर्फ एपीएफले प्रदेश ३ माथि सहज जित निकाल्ने क्रममा पहिलो , दोस्रो र तेस्रो सेटमा क्रमसः २५–११, २५–१३ र २५–१९ ले जित हासिल गर्दै स्वर्ण पदक उचालेको हो ।

प्रतिक्रिया दिनुहोस्