onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपिएल क्रीकेट नजिकिदै गर्दा करौडौँ नेपाली को नजर दिल्ली तर्फ : के सन्दिप अन्तिम ११ मा पर्न सफल होलान त ??

शलमान शाह , अनलाईन खेलखबर || यहि आउदो सनिवार देखि क्रीकेट जगतकै सबैभन्दा ठूलो सर्बाधिक सफल ब्याबसायिक लिगँ ईन्डियन प्रिमियर लिग ( आईपिएल ) को ११ औ संस्करण सुरु हुदैछ । दक्षिण एसिया को सबैभन्दा सफल र लोकप्रिय खेल क्रीकेट मा आईपिएल को ठूलो स्थान तथा प्रभाव रहेको छ । आईपिएल लाई हाम्रो छिमेकी देश भारत मा क्रीकेट को ठुलो पर्व को रुपमा पछिल्लो समय मा लिने गरिन्छ , जसले झनै लिगँ को उचाई माथि पुर्याउन अझ टेवा पुर्याएको छ ।

बिश्व क्रीकेट का चर्चित , ठुला ठुला हस्ति हरु समेत आईपिएल खेल्न निकै लालाहित देखिन्छन् , जसको कारण हो यसको ब्याबसायिकता आर्थिक क्षेत्र तथा क्रीकेट को माहोल जुन बाकी लिगँ हरुको तुलना मा धेरै भन्दा धेरै माथी छ , आजकल आईपिएल लाई ईन्डिया को मात्र नभई बिश्वक्रीकेट को लिगँ भनेर बुझ्न थालिएको छ , जुन भन्दा एक अर्थ मा न्यायोचित नै भन्न सकिन्छ ।

आईपिएल लाई दर्शकहरु को यति साथ छ , त्यो रंगशाला पुगेर हेर्न होस या टेलिभिजन मार्फत भारत लगायत विश्व भर करौडौ करौडौ मा हेरिन्छ आईपिएल भारत मा मात्र नभई संसार भर जहाँ क्रीकेट बाताबरण सिर्जना भएको छ त्यहाँ पुगेको छ । यसले पनि प्रस्टाई रहेको छ आईपिएल को लोकपि्रयता कति छ भनेर ।

यसै परिप्रेक्ष मा अहिले करौडौँ नेपाली को नजर आईपिएल मा अझ दिल्ली डेयर डेबिल्स टिम मा परेको छ । नेपालि स्टार युवा खेलाडी लेग स्पिनर सन्दिप लामिछाने यस संस्करण को आईपिएल मा दिल्लि डेयर डेबिल्स सगँ भारु २० लाख रुपिए मा अनुवन्धित भएका छ्न । यसरी नेपाली खेलाडी आईपिएल खेल्ने पहिलो भाग्यमानी खेलाडी बनिरहदाँ नेपाली क्रीकेट समर्थक , सारा नेपाली को आँखा दिल्ली तर्फ सोभाविक रुपमा केन्दित रहेको छ ।

क्रीकेट दक्षिण एसिया मा झै नेपाल को एक लोकप्रिय खेल मध्य एक हो । पछिल्लो समयमा नेपाली क्रीकेट टोलि को सफलता ले झनै यसको माहोल ह्वात्तै बढाएको छ । हिजो आज क्रीकेट सगँ सारा नेपाली जोडिन थालेका छ्न , क्रीकेट नबुझ्ने बुझ्न थालेका छ्न , खेल हेर्न गर्न थालेका छ्न । नेपाली क्रीकेट को सफलता मा सबै रमाउन थालेका छ्न , यो नेपाली क्रीकेट क्षेत्र को एउटा खुखद उज्ज्वल भबिस्य देखिन्छ । र यसको प्रभाव लोकपि्रयता अझ बढिरहेको हामी ले पाएका छौ ।

नेपाली क्रीकेट , क्रीकेट खेलाडी द्रारा विभिन्न कठिनाई , समस्या लाई छिछोल्दै आफ्नै प्रतिभा , क्षमता कै कारण , क्रीकेट लाई यो अबस्थामा यो स्थान सम्म ल्याउन सफल भैरहेको सुन्दा आफै मा गौरव अनुभूति दिलाउँछ , सम्भव सन्दिप , पारस , शक्ति वसन्त , ज्ञानेन्द्र जस्ता प्रतिभावान खेलाडी बाट भएको हो । देश मा चारै तिर व्यापक निराशा मा एक मात्र खुशी को माध्यम क्रीकेट बनिरहेको छ ।विभिन्न समय मा , विभिन्न बेला मा क्रीकेट ले नै खुशियाली को स्रोत बन्दै आएको छ । यस खुशी लाई अझै खुशियाली मा परिणत गर्न सन्दिप थपिएका छ्न ।

यस्तो मा सन्दिप आईपिएल खेल्ने भएपछी खुशियाली को माहोल ह्वात्तै बढेको छ अहिले , आईपिएल अब सुरु हुन हुन लाग्दै गर्दा दिल्ली मा अनुबन्धित सन्दिप अन्तिम ११ मा प्रर्न सफल हुन्छ्न या हुदैनन् भन्ने कुरा अहिले आम चासो को बिषय बनेको छ , जुन सोभाविक पनि छ् उनको प्रगती मा हामी जोडिएका छौ , नेपाली क्रीकेट जोडिएको छ । पहिलो पटक आईपिएल खेल्दै गरेका नेपाली खेलाडी एकमात्र एसोसियट खेलाडी हुन यस संस्करण मा अन्य कुनै एसोसियट खेलाडी अनुबन्धित भएका छैनन ।

यसमा दिल्ली ले सन्दिप सगैँ कप्तान गौतम गम्भीर ,ग्लेन म्याक्सवेल ,ट्रेंट बोल्ट, क्रिस मोरिस, डेनियल क्रिश्चियन , मोहम्मद सामी , अ्मित मिश्रा जस्ता चर्चित महान खेलाडी टिम मा समाबेश छ्न , यस अर्थमा कहि सन्दिप ओझेल् मा त पर्ने होईनन , जुन आफै मा सोभाविक प्रश्न पक्कै हो तर यसो भन्दै मा सम्भावना पटक्कै हैन , जुन गलत हुन आउँछ , सम्भावना १०० प्रतिशत नै छ , टिम को हिस्सा भए पछि टिम को माग ले उनलाई निर्धारण गर्नेछ ।

सम्भावना लाई बन्द प्रशिक्षण को प्रदशन , टिमको रणनीति अवस्था ले पुर्णरूपमा निर्धारण गर्ने छ ” यस्तोमा सन्दिप ले कति प्रभाव छोडन सक्छ्न , टिम कप्तान र प्रशिक्षक रिकि पोन्टिङ लाई यो नै मुख्य कुरा हो । टिम मा एउटै धारका एउटै शैली का भारतिय खेलाडी ,जुन अन्तरास्ट्रिय क्रीकेट मा ठूलो अनुभव रहेको छ , अमित मिश्रा हुन सन्दिप र अमित को बलिग लगभग एउटै स्टाईल को हुँदा सन्दिप माथी अमित हावि त हुने हैनन भन्ने पनि लाग्न सक्छ ? पछिल्लो केहि समय देखि अ्मित चोटग्रस्त भएर कमब्याक गर्दैछ्न , जुन आफैमा उनलाई चुनौति थपेको छ । यसका साथ साथै अर्का भारतिय राहुल तेवरियाको नाम पनि आउँछ जसको एउटै बलिङ धार रहेको छ ।

तर दिल्ली ले खेलाडी को बारेमा भन्दै आएको छ ” अन्तिम ११ मा पर्न कप्तान र प्रशिक्षक को हातमा छ , उनहरु ले कसलाई पार्ने , सम्पुर्ण रणनिति , अबस्था हेरिकन फेरबदल गर्न सक्छ्न जसमा सन्दिप नपर्लान भन्न सकिदैन ! सकारात्मक हौ अबस्य पर्ने छन आशाबादी पनि हौ ।

पछिल्लो केही समयलाई हेर्न हो भने पनि दिल्ली का क्रियाकलाप लाई एक नजर लगाएर बिस्लेषण गर्दा पनि सन्दिप लाई निकै नै महत्त्व का साथ प्राथमिकता का दिदै आएको पनि छ । आखिर दिल्ली ले एउटा उदाउदै गरेको क्रीकेट शक्ति को देश नेपाल का खेलाडी , जसलाई अन्तरास्ट्रिय क्रीकेट मा त्यति देखिएको छैन , प्रतिभावान खेलाडी सन्दिप लाई यति हाईलाईट किन गर्दैछ , पक्कै पनि नेपाली समर्थन लाई टिम मा लोभ्याउने निन्जा टेक्निगं त पक्कै होईन होला हो दिल्ली सन्दी प प्रती निकै प्रभावित हुँदै आएको छ ।

सन्दिप लाई लिएर दिल्ली ले निकै चासो देखाउदै आएको हामीले उसको आधिकारिक सामाजिक सन्जाल का गतिविधि लाई हेररै थाहा पाउन सक्छौ यसरी सन्दिप का हरेक गतिविधि माथी रुचि देखाउदै गर्ने सामाजिक सन्जाल का ती पोस्टहरु किन नहोस , चाहे त्यो जर्सि हस्तान्तरण गर्न स्वयम् दिल्ली को टिम नेपाल आउने कुरा यी यस्ता देख्दा सामान्य लागे पनि यसको महत्त्व र सङकेत ठुलो राख्छ्न र सन्दिप बारे दिल्ली को सोच लाई बुझाउने राम्रो सङकेत अबस्थ गरेको छ ।

सन्दिप आफै मा उदाँउदा प्रतिभावान खेलाडी हुन , उनको खेल बिश्व जगत ले कम नै हेर्न पाएका छ्न , मौका मिल्यो भने आईपिएल त्यो माध्यम बन्न सक्छ । आफ्नो प्रतिभा देखाउन सन्दिप तयार पनि छ्न , ढुक्क पनि छ्न , पुर्ण बिश्वास पनि छ मौका मिल्यो भने आफुलाई प्रमाणित गर्छु भनेर उनले भनेका पनि छ्न ।
यसपछि अर्को कुरा अन्तिम ११ मा पर्न , बिदेशी खेलाडी मध्य प्रत्येक खेल मा एक टिमले ४ बिदेशी खेलाडी समाबेश गर्न पाईने नियम अनुसार भरपर्छ । यसमा ग्लेन म्याक्सवेल ,ट्रेंट बोल्ट, क्रिस मोरिस, डेनियल क्रिश्चियन ,जेसन रोय, कोलिन मुनरो,कागिसो रबाडा जस्ता चर्चित अनुहार पनि छ्न , यी आफै मा ठूलो नाम हो तर सन्दिप पनि प्रतिभावान छ्न , यसले केही हद सम्म फरक पार्ला पनि पुर्णरुपमा फरक पार्ला जस्तो यो अवस्था छैन , सम्भावना सबैका लागि उत्तिकै रहेको छ ।

पछिल्लो समय दिल्ली का प्रशिक्षक पुर्ब अस्टेलियन कप्तान , महान खेलाडी रिकि पोन्टिङ ले पनि सन्दिप को प्रंशशा गरेका छ्न , ''उनी राम्रो खेलाडी हुन र प्रतिभावान पनि छ्न भनेका छ्न , यस कुरालाई आधार मान्ने हो भने पनि सकारात्मक देखिन्छ , "

थप भारतिय सन्चार माध्यम बाट आएका कुरा हरुमा दिल्ली को बन्द प्रशिक्षण मा पोन्टिङ सन्दिप प्रती निकै नै प्रभावित भएको र सन्दिपलाई अझ नजिक बाट हेरिरहेको देखिन्छ , सन्दिप र पोन्टिङ बीच अहिले राम्रो समझदारी बन्दै गएको पनि प्रस्ट देखिदै आएको हुँदा कहिँ कतै अस्टेलियन कनेक्सन लाई पनि जोडिएर हेरिएको पनि छ , अस्टेलियन टोलि का पुर्ब कप्तान माईकल क्लार्क सन्दिप को खेल प्रती निकै नै प्रभाबित हुँदै विभिन्न माध्यमबाट विभिन्न क्षण मा सहयोग समेत माईकल ले सन्दिप लाई गर्दै आएका छ्न । पक्कै पनि रिकि पोन्टिङ लाई सन्दिप बारे सकारात्मक सन्देश क्लार्क बाट पक्कै आएको छ । यसकारण पोन्टिङ सन्दिप को खेलप्रति शैली लाई अहिले नजिकै बाट निहाल्दैछ्न ।
विभिन्न आधार ले के भन्छ भन्दा खेरी सन्दिप अन्तिम ११ मा अबस्य नै पर्नेछ्न उनलाई केही खेल मा प्रयोग स्वरुप खेलाईने पनि छ , यसले निर्धारण गर्नेछ सन्दिप लाई आगामी खेलहरुमा उनको खेलको नतिजा ले नै बाकी मा अटाउन सक्छ्न या सक्दैनन भन्ने बिषय मा ।। यदि पाएको अबसर मौका लाई सहि सदुपयोग उनिवाट हुन्छ उनी सफल भए भने उनी पछि फर्केर हेर्नू पर्ने अबस्था आउने छैन , उनलाई नै निरंतरता पक्कै दिईने छ । यसले प्रत्यक्ष रुपमा नेपाली क्रीकेट लाई चिनाउन र खेलाडी मा अब आउने संस्करण मा प्रबेश गराउने एउटा् माध्यम समेत बन्ने छ ।

दिल्ली को भनाई लाई सापटि लिने हो भने जस्ले राम्रो गर्छ , उसैलाई मौका दिईने छ , अब अन्तिम ११ मा पर्न स्वयम् सन्दिप कै हात मा निर्भर रहन्छ । उनका अभ्यास , बन्द प्रशिक्षण ले ठूलो भुमिका राख्ने छ । उनी ले कत्तिको टिम लाई प्रभावित बनाउन सक्छ्न यसले नै उनको आईपिएल यात्रा निर्धारण गर्नेछ । यसको अलवा यसबाहेक टिमको नतिजा , अबस्था , समय र उत्पन गतिविधि ले पनि सन्दिप को यात्रा लाई तय गर्नेछ ।

सन्दिप दिल्लीमा रहिरह्दा भन्दै आएका पनि छ्न '' बन्द प्रशिक्षण मा सहभागि भैरहदा उत्साहित रहेको र नर्भस नभएको बताएका छ्न , अन्तिम ११ भित्र पर्दै दिल्ली को लागि डेब्यु गर्ने समेत सन्दिप आशाबादी पनि देखिएका छ्न ।

यसरी आईपिएल मा नेपाली खेलाडी दिल्ली मार्फत डेब्यु गर्न तयार रहिरहदा अहिले करौडौ नेपाली को नजर आईपिएल तर्फ गएको छ । आईपिएल यहि आउदो सनिवार बाट सुरु हुदैछ । दिल्लि ले पहिलो खेल अप्रिल ८ तारिख का दिन पन्जाव सगँ खेल्दै आईपिएल मा सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्