onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रोमाञ्चक खेलमा आर्मीलाई पराजित गर्दै नेपाल पुलिस : पुरुष क्रिकेटको फाईनलमा प्रवेश

बैशाख १० , अनलाईन खेलखबर ।। जारी आठौँ राष्टिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको दोस्रो सेमिफाईनलमा नेपाल पुलिस क्लब बिजयी भएको छ । आज कोहलपुर क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मीलाई रोमाञ्चक खेलमा ३ रनले पराजित गरेको थियो । अब पुलिसले बुधवार उपाधिका लागि एपीएफ सँग प्रतिष्पर्दा गर्नेछ ।

आज भएको खेलमा नेपाल पुलिसले दिएको ८१ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको आर्मीले निराशाजनक प्रदशन गर्नेक्रममा १८ ओवरमा आफ्नो सबै विकेट गुमाएर ७७ रनमा सिमित भएपछी खेललाई पुलिसले शनसनीपूर्ण तरिकाले आफनो पक्षमा पार्दै फाईनलको यात्रा तय गरेको हो ।

सामान्य लक्ष्य पछ्याएको भएपनि आर्मीका लागि कुशल मल्लले सर्बाधिक २३ रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसकेपछि टिम पराजित हुन् पुगेको थियो ।

बलिङ्ग तर्फ पुलिसका लागि सागर ढकालले सर्बाधिक ४ विकेट लिए भने ललित राजबम्शि र नविन सिह थापाले पनि समान समान २/२ विकेट लिएका थिए ।

यसअघि खेलमा टस जितेर नेपाल पुलिसले पहिले ब्याटिंङ्ग गर्दै निर्धारित २० ओवरमा ९ विकेट गुमाएर ८० रन बनाएको थियो । पुलिसका लागि ब्याटिंङ्गमा अमित श्रेष्ठले ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा २३ रन बनाएका थिए । साथै आरिफ शेखले ८ रन , मन्जिल श्रेष्ठले ९ रन र दिलिप नाथले ११ रन बनाएका थिए ।

बलिङ्गमा आर्मीकासोम शाहब आलमले ३ विकेट लिए भने सोमपाल कामि र सुशन भारीले समान २/२ विकेट लिन सफल भएका थिए । यस्तै हरि बहादुर चौहान र कुशल मल्लले १/१ विकेट लिएका थिए ।

खेलको प्लेयर अफ द म्याच पुलिसका सागर ढकाल घोषित भए ।

तस्बिरमा : खेल हेर्न कोहलपुर क्रिकेट मैदान पुगेका दर्शकहरु

( फोटो सौजन्य : पूर्व नेपाली क्रिकेट टिमका कप्तान एलवी क्षेत्री )

प्रतिक्रिया दिनुहोस्