onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

महिला क्रिकेटको स्वर्ण एपीएफलाई

बैशाख १० , अनलाईन खेलखबर ।। सिता रानामगरको उत्कृष्ट प्रदंसनको मद्दतमा नेपाली खेलकुदको महाकुम्भ आठौँ राष्टिय खेलकुदको महिला क्रिकेटमा सशस्त्र प्रहरी बल ( एपीएफ ) क्लबले स्वर्ण पदक उचालेको छ । आज भएको प्रतियोगिताको फाईनल खेलमा प्रदेश १ लाई ८७ रनले पराजित गर्दै एपीएफले स्वर्ण पदक आफ्नो नाममा लेखाउन सफल भएको हो ।

पराजित प्रदेश १ रजक पदकमा चित्त बुझाउन बाध्य भयो ।

आज दाङ्ग जिल्ला स्थित लमही क्रिकेट मैदानमा भएको फाईनल खेलमा टस जितेर प्रदेश १ ले पहिले फ़िल्डिङ्ग गर्ने निर्णय गरेपछि सुरुमा ब्याटिंङ्ग गरेको एपीएफले निर्धारित २० ओवर पुरै खेल्दै सबै विकेट गुमाएर १ सय २८ रनको योगफल खडा गरेको थियो ।

खेलमा सुरुवात देखि नै राम्रो लयमा देखिएको एपिएफको लागि ओपनरद्रय ज्योति पाण्डेय र सिता रानामगरले उत्कृष्ट सुरुवात दिलाएका थिए । ज्योतिले ४५ रन बनाउदा सिता राना मगरले ४१ रनको महत्वपुर्ण योगदान गरिन । ३९ बलको सामना गर्ने क्रममा सिताले ३ चौका समेत प्रहार गरिन ।

यस्तै टिमका लागि ईन्दु वर्माले १२ रन तथा ममता चौधरीले ११ रनको योगदान टिमलाई गरे ।

बलिङ्ग तर्फ प्रदेश १ का लागि राष्टिय महिला क्रिकेट् टिमकी कप्तान समेत रहेकी रुबिना क्षेत्रीले ३ विकेट लिदाँ सबनम राई र सङ्गगीताराईले पनि समान ३/३ विकेट लिएका थिए ।

यसपछि एपिएफ ले प्रस्तुत गरेको १ सय २९ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको प्रदेश १ ले निकै निराशाजनक प्रदशन गर्ने क्रममा १९.४ ओवरमा अलआउट हुदैँ मात्र ४१ रनमा सिमित भएपछी नतिजा एपिएफले आफ्नो पक्षमा पारेको थियो ।

प्रदेश १ का लागि रश्मि शर्मा चौलागाईले २७ रन जोड्नु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक जोडन सकेनन र टिम निरिह सावित हुदैँ एपिएफ सँग पराजित हुन् पुग्यो ।

बलिङ्गमा एपिएफका लागि आजको प्लेयर अफ द म्याच समेत घोषित भएकी सिता राना मगरले २ विकेट हात पारिन । यस्तै समान २/२ विकेट सरिता मगर र रितु कौनौजियाले पनि लिएका थिए । साथै करुणा भण्डारी , रेखा रावल र सोनु खड्काले पनि समान १/१ विकेट हात पारे ।

यता कास्य पदक प्रदेश ७ ( सुदुर पश्चिम ) ले हासिल गरेको छ । आज फाईनल अघि तेस्रो स्थानका लागि भएको खेलमा प्रदेश २ लाई ६ विकेटले पराजित् गर्दै प्रदेश ७ ले कास्य पदक उचालेको हो ।

प्रतिक्रिया दिनुहोस्