onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

महिला क्रिकेट तर्फ प्रदेश ७ लाई कास्य पदक

बैशाख १० , अनलाईन खेलखबर । आठौँ राष्टिय खेलकुद अन्तर्गत महिला क्रिकेट विधाको कास्य पदक प्रदेश ७ ( सुदुर पश्चिम ) ले हासिल गरेको छ । आज दाङ्ग स्थित लमही क्रिकेट मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा प्रदेश २ लाई ६ विकेटले पराजित् गर्दै प्रदेश ७ ले कास्य पदक उचालेको हो ।

आज मङ्गगलबार भएको खेलमा सुरुमा टस जितेर प्रदेश ७ ले २ लाई ब्याटिंङ्गको निम्तो दिएको थियो । टस हारेर ब्याटिंङ्ग गरेको प्रदेश २ ले निर्धारित ७ ओवर पुरै खेल्दै ४ विकेटको क्षतिमा ५७ रनको योगफल खडा गरेको थियो । प्रदेश २ लाई सरस्वति चौधरीले सर्बाधिक २५ रनको योगदान गरिन । २२ बलको सामना गरेकी उनले ३ चौका समेत प्रहार गरिन ।

यस्तै टिमका लागि अनुराधा चौधरीले १९ रनको योगदान गर्दा सोभा आले २ तथा निर कुमारीले पनि समान २ रन जोडिन ।

बलिङ्ग तर्फ प्रदेश ७ की कबिता जोशीले २ विकेट लिईन । भने ईश्वरी विष्टले १ विकेट लिईन ।

यसपछि प्रदेश २ ले दिएको ५८ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको प्रदेश ७ ले उक्त विजयी चुनौति ५.३ ओवरमा मात्र ४ विकेटको क्षतिमा भेटायो ।

प्रदेश ७ लाई कास्य पदक दिलांउन कबिता कुबरले सर्बाधिक २३ रनको योगदान गरिन । ११ बलको सामना गरेकी उनले ३ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाएकी थिईन । उनि शान्ति चौधरीको बलमा आउट हुन् पुगेकी थिईन । यस्तै कविता जोशीले १६ तथा विन्दु रावलले ८ र रेवती धामीले ७ रनको पारी खेलेपछि टिमले प्रदेश २ लाई पराजित गर्दै महिला क्रिकेट तर्फ कास्य पदक जित्न सफल भएको हो ।

बलिङ्गमा प्रदेश २ कि अनुराधा चौधरीले २ विकेट लिन सफल भईन भने शान्ति चौधरीले १ विकेट लिएकी थिईन ।

प्रतिक्रिया दिनुहोस्