onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिप अन्तिम ११ मा पर्न असफल

बैशाख ९ ,अनलाईन खेलखबर ।। बिश्वको सबैभन्दा चर्चित तथा ठुलो क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत अहिले नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्ने तयारीमा रहेको छ ।

भखरै राजस्थानको घरेलु मैदान सवाई मानसिंह स्टेडियम, जयपुरमा भएको टसमा दिल्लीले टस जितेर घरेलु टोलि राजस्थानलाई पहिले ब्याटिंङ्गको निम्तो दिएको छ । ।

प्रतियोगितामा दिल्ली र राजस्थान बिच पहिलो पटक आज भेट हुदैछ।

अहिले सम्म दिल्लीले प्रतियोगितामा १० खेल खेल्दै ६ मा जित र ४ खेलमा हार व्यहोर्दै १२ अंकसहित अकतालिकाको तेस्रो स्थानमा रहेको छ । भने राजस्थान ९ खेल बाट ३ मा जित र ६ खेलमा हार व्यहोर्दै ६ अंक सहित अहिले अकतालिकामा सातौँ स्थानमा रहेको छ । अहिले दिल्ली र मुम्बईको समान अंक भएपनि नेट रनरेटमा पछि पर्दै दिल्ली अंकतालिकाको तेस्रो स्थानमा रहेको हो ।

दिल्लीले पहिलो खेलमा मुम्बई ईण्डियन लाई ३७ रनले पराजित गर्दै प्रतियोगिताको सुरुवात राम्रो तरिकाले गरेको थियो । दोस्रो खेलमा भने चेन्नई संग दिल्ली ६ विकेटले पराजित हुन् पुग्यो । तेस्रो खेलमा कोलकतालाई सुपर ओवरमा ३ रनले हराउदै जित हासिल गर्यो भने चौथो खेलमा दिल्ली पंजाव संग १४ रनले पराजित हुन् पुग्यो ।

यसपछि पाचौ खेलमा हैदराबाद संग ५ विकेटले पराजित हुन् पुग्दा छठौ खेलमा दिल्लीले बैंगलोरलाई ४ विकेटले पराजित गरेको थियो । सातौ खेलमा पनि कोलकतालाई ७ विकेटले दिल्लीले पराजित गरेको थियो भने दिल्लीले आफ्नो आठौ खेलमा हैदराबादलाई ३९ रनले पराजित गरेको थियो । दिल्लीले आफ्नो नबौं खेलमा मुम्बई ईण्डियन सँग ४० रनले पराजित हुन् पुगेको थियो । भने अघिल्लो(दशौ) खेलमा दिल्लीले पंजावलाई ५ विकेटले पराजित गरेको थियो । यता राजस्थानले अघिल्लो खेलमा प्रतियोगितामा बलियो देखिएको हाल अंकतालिकाको दोस्रो स्थानमा रहेको मुम्बई ईण्डियनलाई ५ विकेटले पराजित भएको थियो ।

यसअर्थमा खराब लयपछि राम्रो कमब्याक गरेको राजस्थान र दिल्ली बिचको खेल रोचक बन्ने अपेक्षा गरिएको छ । दिल्ली यसपटकको सस्करणमा बलियो टिमको रुपमा देखा परेको छ । लामो समयपछि प्ले अफको ढोका नजिक पुग्दै गरेको दिल्लीलाई आफ्नो त्यो लयमा यथावत राख्न पनि आजको खेल निकै महत्वपुर्ण रहेको छ ।

यता नेपालका शान सन्दिप लामिछाने राजस्थान बिरुद्दको खेलमा अन्तिम ११ मा पर्न असफल भएका छन । अघिल्लो पंजाव बिरुद्दको उनको प्रदशनका हिसाबले गर्दा राजस्थान बिरुद्दको खेलमा निरन्तरता दिने बिस्वाश लिइएको भएपनि आज उनि टिममा परेनन्। पंजाव अघिका ३ खेल कोलकता, हैदराबाद र मुम्बई बिरुद्दको खेलमा बेन्चमै रहेका सन्दिपले पंजाव बिरुद्दको खेलमा निकै राम्रो बलिङ्ग गरेका थिए। केहि महँगा साबित् भएपनि उनले महत्वपुर्ण समयमा ठुला विकेट लिएका थिए । राम्रो लयमा ब्याटिंङ्ग गरिरहेका क्रिस गेल उनको बलमा आउट हुन् पुगेपछि दिल्ली खेलमा फर्किएको थियो।

उनले उक्त खेलमा आफ्नो ४ ओवरको स्पेलमा उनले ४० रन खर्चिएर महत्वपुर्ण ३ विकेट लिएका थिए । यो सगै उनले जारी प्रतियोगितामा ५ खेलबाट आफ्नो विकेट सङ्गख्या ८ पुराएका छन ।

प्रतिक्रिया दिनुहोस्