onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

महिला क्रिकेटको उपाधिका लागी प्रदेश १ ले एपिएफको सामना गर्ने

बैशाख ९ , अनलाईन खेलखबर ।। नेपाली खेलकुदको महाकुम्भ अहिले मुख्यत प्रदेश ५ का विभिन्न जिल्लाहरुमा जारी रहेको छ । धेरै खेलहरु सकिसकेका छन र केहि ठुला खेलहरु सकिने क्रममा रहेका छन । यसैबिचमा दाङ्गको लमही क्रिकेट मैदानमा भईरहेको महिला क्रिकेटको उपाधिको लागि प्रदेश १ र एपिएफ बिच प्रतिष्पर्दा हुने भएको छ ।

आज सोमबार भएको प्रतियोगिताको पहिलो सेमिफाईनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै प्रदेश–१ फाइनल प्रवेश गरेको हो । खेलमा सुरुमा
टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर ८० रनको योगफल खडा गरेको थियो । सुदुरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक रन बनाउने क्रममा २६ रनको योगदान गरेकी थिईन । यस्तै टिमका लागि अर्की खेलाडी कविता जोशीले ११ रनको योगदान गरेकी थिईन ।

बलिङ्ग तर्फ प्रदेश–१ का लागि निग्मा तामाङ्ग ले २ तथा रुविना क्षेत्री, सवनम राई र संगीता राईले समान १/१ विकेट लिएका थिए ।

यसपछि सुदुरपश्चिम प्रदेशले दिएको ८१ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको प्रदेश–१ ले उक्त बिजयी लक्ष्य १३.३ ओवरमा मात्र २ विकेट गुमाएर भेटायो । प्रदेश १ का लागि नेपाली राष्टिय क्रिकेट टिमकी कप्तान समेत रहेकी रुबिना क्षेत्रीले सर्वाधिक ४३ रनको योगदान गरिन उनि खेलको प्लेयर अफ द म्याच समेत घोषित भएकी थिईन साथै टिमको लागि रोमा थापाले २१ रनको पारी खेल्दै टिमलाई सहज जित दिलाईकी थिईन ।

बलिङतर्फ सुदूरपश्चिमका लागि कविता जोशीले २ विकेट लिन सफल भईन ।

यस्तै आजनै भएको प्रतियोयोगीताको दोस्रो सेमिफाईनलमा खेलमा एपिएफले प्रदेश २ लाई ६७ रनले पराजित गर्दै फाईनलमा प्रदेश १ सँगको भेट पक्का गरेको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओवर पुरै खेल्दै ५ विकेट गुमाएर १ सय ३६ रनको योगफल खडा गरेको थियो । एपिएफका लागि इन्दु बर्माले सर्बाधिक ४१ रनको अविजित रहदै योगदान गरिन । यस्तै टिमका लागि ममता चौधरीले ३९ तथा सिता राना मगरले २६ रन बनाएका थिए ।

बलिङ्ग तर्फ प्रदेश २ की शान्ती चौधरीले दुई विकेट लिन सफल भईन ।

यसपछि एपिएफले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको प्रदेश २ १९.३ मा अलआउट हुदै ६९ रनमै सिमित हुन् पुगेपछि नतिजा एपिएफले आफ्नो पक्षमा पारेको थियो । प्रदेश २ का लागि ब्याटिंङ्गमा अनुराधा चौधरीले २२ तथा शोभा आलेले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान दिन नसकेपछि टिम निराश हुन् पुग्यो ।

कसिलो बलिङ्ग गरेको एपिएफका लागि शरिता मगरले सर्बाधिक ३ विकेट हात पारिन । यस्तै सिताराना मगर र रितु कनोजियाले पनि समान २/२ विकेट लिएका थिए ।

प्रतियोगिताको फाईनल भोलि मङ्गगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्