onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिप भन्छन ‘मेरो सफलतामा मेरो नेपाल टिमको ठुलो हात छ ’

बैशाख ९ , अनलाईन खेलखबर ।। नेपाली स्टार क्रिकेटर सन्दिप लामिछाने अहिले आफ्नो दोस्रो सस्करण अन्तर्गत बिश्व क्रिकेटको सबैभन्दा ठुलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग ( आईपिएल )मा दिल्ली क्यापिटल्स बाट खेलिरहेका छन ।

जारि प्रतियोगितामा राम्रो लयमा देखिएको दिल्ली सँगै नेपालका शान सन्दिपको बलिङ्ग पनि राम्रो हुदै गएको छ ।

टिमको बिश्वाशमा उनि खरो उत्रिएका छन । अहिले सम्म ५ खेल खेलिसकेका सन्दिपले टिमका लागि ८ विकेट लीइसकेका छन ।

अघिल्लो किग्स ईलाभेन पंजाव बिरुद्द राम्रो प्रदशन गरेपछि उनि फेरी संचारमाध्यममा छाएका छन । राम्रो बलिङ्ग गर्नेक्रममा उनले आफ्नो ४ ओवरको स्पेलमा ४० रन खर्चिएर महत्वपुर्ण ३ विकेट लिएका थिए ।

जसमा विश्व चर्चित आक्रमक ब्याट्सम्यान क्रिस गेलको विकेट पनि समाबेश रहेको थियो । खेलमा राम्रो ब्याटिंङ्ग गरिरहेका गेललाई व्यक्तिगत ६९ रनको अबस्थामा आउट हुन् पुगेका थिए । र टिमले पनि खेलमा कमब्याक गर्दै अन्तत: पंजावलाई ५ विकेटले पराजित गरेको थियो ।

अहिले सम्म जारी प्रतियोगितामा ५ खेलबाट सन्दिपले आफ्नो विकेट सङ्गख्या ८ पुराएका छन । र सर्बाधिक विकेट लिने खेलाडीहरुको सुचिमा उनि अहिले १६ औँ स्थानमा रहेका छन ।

पंजाव बिरुद्द राम्रो बलिङ्ग गरेपछि फेरी विश्व क्रिकेटमा फेरी चर्चामा आएका सन्दिपले सो खेलपछि संचारकर्मीहरु सँग कुराकानी गर्ने क्रममा सन्दीपले आइपीएलले गर्दा आफ्नो जीवनमा ठुलो परिवर्तन आएको बताएका छन ।

दिल्लीबाट खेलेपछि आफुले पछि फर्किएर हेर्नु नपरेको बताउदै आईपिएलले आफुमा धेरै कुराहरु सिकाएको धारणा ब्यक्त गरेका थिए ।

अघिल्लो वर्ष आईपिएलमा दिल्ली बाट् खेलेपछि सबैलाई प्रभावित गरेपछि क्रमश : उनले बाकि बिश्वका अन्य ठुला र चर्चित लिगहरुमा आफ्नो जादुमय बलिङ्ग प्रस्तुत गरे ।

जहाँ पुगे त्यहा सफल भए । विश्व परिक्रमा गरि सन्दिप अहिले आईपिएलमै छन र अहिले सम्म आफुलाई प्रमाणित पनि गर्दै आएका छन ।

हालसम्म उनले राम्रो प्रदशन गर्दै आएका छन । टिमको भरोशा माथि उनि खरो उत्रिदै टिमलाई आफ्नो तर्फबाट सक्दो न्याय गरिरहेका पनि छन ।

उनि प्रति टिम पनि सकारात्मक रहेको पाईन्छ । उनको टिम पनि अहिले १० खेलबाट ६ खेलमा जित निकाल्दै १२ अंकसहित अकतालिकाको तेस्रो स्थानमा अहिले रहेको छ ।

टिमले राम्रो गरिरहदा लामो समय पछि दिल्ली पहिलो पटक प्ले अफको ढोका नजिक पुगेको छ ।

खेलको अबस्था र प्रतिद्ददी टिम र मैदानको अबस्थालाई ध्यानमा राख्दै सन्दिपलाई दिल्लीले सबै खेलमा मैदानमा नउतारेको भएपनि जब सन्दिपको आबस्यकता दिल्लीलाई पर्छ तब संदिपलई दिल्लीले स्थान पक्कै दिएको छ ।

सन्दिपले सोहि बेला नेपाल क्रिकेटलाई धेरै धन्यवाद दिदै मेरो सफलतामा मेरो टिम नेपालको ठुलो हात रहेको आशय व्यक्त समेत गरेका थिए ।

भिडियो स्रोत

प्रतिक्रिया दिनुहोस्