पन्जाव बिरुद्दको खेलमा सन्दिप अन्तिम ११ मा पर्न सफल : दिल्लीले सुरुमा बलिङ्ग गर्ने

पन्जाव बिरुद्दको खेलमा सन्दिप अन्तिम ११ मा पर्न सफल : दिल्लीले सुरुमा बलिङ्ग गर्ने

बैशाख ७ ,अनलाईन खेलखबर ।। बिश्वको सबैभन्दा चर्चित तथा ठुलो क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत अहिले नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्स र किग्स ईलाभेन पंजावको बिचको खेल सुरु हुन् लागेको छ ।

दिल्लीको घरेलु मैदान फ़िरोज़ शाह कोटलामा हुने खेलको भखरै टस भएको छ जसमा दिल्लीले टस जितेर पहिले फ़िल्डिङ्ग गर्ने निर्णय गरेको छ । अब पंजावले सुरुमा ब्याटिंङ्ग गर्नेछ ।

जसमा नेपालका युवा क्रिकेटर सन्दिप लामिछाने लाई टिमले आज पन्जाव बिरुद्द अन्तिम ११ मा स्थान दिएको छ । अघिल्ला ३ खेल कोलकता हैदराबाद र मुम्बई बिरुद्दको खेलमा उनि बेन्चमै रहेका थिए । उनले अहिले सम्म ४ खेल बाट ५ विकेट लिईसकेको अबस्था छ ।

यसअघि प्रतियोगितामा दिल्ली र पंजावको भेट भईसकेको अबस्था छ । जसमा पंजावले १४ रनले बाजी पारेको थियो । पंजावको घरेलु मैदान मोहालिमा भएको खेलमा टस हारेर पंजावले सुरुमा ब्याटिंग गर्दै निर्धारित २० ओवर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ६६ रनको योगफल खडा गरेको थियो ।

यसपछि पन्जावले दिएको मध्यम लक्ष्य पछ्याएर जवाफी ब्याटिंङ्ग गरेको दिल्ली १९.२ ओवरमा अलआउट हुन् पुगेपछि टिम पंजाव सँग पराजित भएको थियो ।
यस अर्थमा दिल्लीले सो हारको बदला आज आफ्नै मैदानमा लिन चाहन्छ भने पंजावले दोस्रो पटक दिल्लीलाई निराश बनाउने रणनीतिका साथ् मैदान उत्रिने छ ।

दिल्लीले पहिलो खेलमा मुम्बई ईण्डियन लाई ३७ रनले पराजित गर्दै प्रतियोगिताको सुरुवात राम्रो तरिकाले गरेको थियो । दोस्रो खेलमा भने चेन्नई संग दिल्ली ६ विकेटले पराजित हुन् पुग्यो । तेस्रो खेलमा कोलकतालाई सुपर ओवरमा ३ रनले जित हासिल गर्यो भने चौथो खेलमा दिल्ली पंजाव संग १४ रनले पराजित हुन् पुग्यो ।

यसपछि पाचौ खेलमा हैदराबाद संग ५ विकेटले पराजित हुन् पुग्दा छठौ खेलमा दिल्लीले बैंगलोरलाई ४ विकेटले पराजित गरेको थियो । सातौ खेलमा कोलकतालाई ७ विकेटले दिल्लीले पराजित गरेको थियो भने दिल्लीले आफ्नो आठौ खेलमा हैदराबादलाई ३९ रनले पराजित गरेको थियो । भने अघिल्लो खेलमा दिल्ली मुम्बई ईण्डियन सँग ४० रनले पराजित हुन् पुगेको थियो । भने यता पंजावले अघिल्लो खेलमा राजस्थानलाई १२ रनंले पराजित भएको थियो ।

आजको खेल दुवै टिमका लागि उत्तिकै मह्त्वपूर्ण रहेको छ । रोमाञ्चक बन्ने सम्भावना रहेको खेलमा दुवै टिम स्पष्ट जितको खोजीमा रहने छन । यो खेल जित्ने टिम प्ले अफ समिकरणको नजिक पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *