onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पारस खड्का को टिम बिराटनगर को डिपिएल मा पहिलो जित : पराजित रुपन्देही को यो तेस्रो हार ।

चैत्र २१ , अनलाईन खेलखबर || धनगढि मा जारी धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत आज भएको।पहिलो खेलमा बिराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ।।

दुई खेल खेलिसकेको बिराटनगर को यो प्रतियोगितामा पहिलो जित हो भने यो सगै रुपन्देहीले लगातार तेश्रो हारको सामना ब्यहोरेको छ ।

आज भएको खेल मा बिराटनगरले दिएको १८२ रनको लक्ष्य पक्षाएको रुपन्देहीले २० ओभरमा सात विकेटको नोक्सानीमा मात्र १३९ रन बनाउन मात्र सफल भयो र खेल बिराटनगर ले ४२ रनले जित्न सफल भएको छ ।

जसमा रुपन्देही को तर्फ बाट प्रदिप ऐरीले सर्वाधिक ५४ रन बनाए भने दिपक प्रसादले २२रन बनाउदा , सुसन भारी अबिजित २१ र शक्ति गौचनले पनि अबिजित १४ रन बनाएका थिए

बिराटनगर का सुभम कामतले सर्वाधिक ३ विकेट लिए भने राम नरेश गिरीले २ विकेट हात पार्न सफल भए ।

यस अघि एसएसपि क्रीकेट मैदान मा धनगढी ले टस हारेर पहिले ब्याटिङ गरेको बिराटनगर ले निर्धारित २० ओभर पुरै खेल्दै ४ विकेट गुमाएर १ सय ८१ रन को विशाल योगफल बनाएको थियो ।

जस मा बिराटनगरको तर्फबाट बाबर हयातले सर्वाधिक ५८ रनको पारी खेले । ३५ बलको सामना गरेका बाबरले चार चौका र चार छक्का प्रहार गरे । त्यस्तै ओपनरहरु दिलिप नाथ ले ४३ रन बनाउदा अर्का अनिल शाह ले ३६ को योगदान गरेका थिए । यस्तै टिम बिराटनगर का। कप्तान पारस खड्का २२ रन तथा सौरभ खनालले अविजित १७ रनको योगदान टिम लाई दिदै विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

तस्बिर सौजन्य : क्रिकेटिङ नेपाल

प्रतिक्रिया दिनुहोस्